Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग आग्रह
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। टर्कीमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै प्रदर्शन गरिएको छ। टर्कीको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको मारमा परेका मुलुकको ऋण मिनाहा गर्न तथा जलवायु अनुकूलन र पुनरुत्थानका लागि अनुदान उपलब्ध गराउन माग गरेका छन्। प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै नेपालकी नागरिक समाज प्रतिनिधि सुजिता माथेमाले कोप–३१ लाई अघिल्ला प्रतिबद्धता कार्यान्वयन गर्ने सम्मेलनका रूपमा अघि बढाइएको भए पनि सोअनुसार प्रगति नदेखिएको बताइन्। जलवायुजन्य विपद्का लागि जिम्मेवार प्रदूषक राष्ट्रले प्रतिबद्धताअनुसारको रकम उपलब्ध नगराएको उल्लेख गर्दै उनले ‘लस एन्ड ड्यामेज’ र ‘ग्रिन क्लाइमेट फन्ड’ लगायतका संयन्त्रबाट अनुदानको सट्टा ऋण बढी आइरहेकोमा चिन्ता व्यक्त गरिन्। “ऋण आइसकेपछि त्यसको सावाँ–ब्याज तिर्दा पहिले नै प्रभावित देशमाथि दोहोरो भार परेको छ। ऋण न्यायबिनाको जलवायु वित्त, जलवायु न्याय होइन। जलवायु वित्त ऋणका रूपमा होइन, अनुदानका रूपमा आउनुपर्छ र क्षतिका लागि जिम्मेवार प्रदूषकले नै भुक्तानी गर्नुपर्छ,” माथेमाले भनिन्। प्रदर्शनकारीहरूले ‘ऋण मिनाहा गर’, ‘हाम्रो भविष्यका लागि लगानी गर’ र ‘जलवायु ऋण अन्त्य गर’ जस्ता नारा लगाउँदै विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले जलवायु सङ्कट र ऋण सङ्कटबीच गहिरो सम्बन्ध रहेको भन्दै ऋणको बोझले विकासशील तथा जोखिममा रहेका मुलुकको जलवायु कार्ययोजना प्रभावित भइरहेको बताएका छन्। प्रदर्शनमा सहभागीहरूले उच्च ब्याजदरमा लिइएका ऋण तिर्नुपर्ने बाध्यताका कारण धेरै मुलुकले जलवायु संरक्षणमा लगानी गर्न नसकेको बताएका छन्। ऋण चुक्ता गर्नकै लागि कतिपय मुलुक जीवाश्म इन्धनमा आधारित ऊर्जा र औद्योगिक कृषिको विस्तार गर्न बाध्य भइरहेको उनीहरूको भनाइ छ। जलवायु सङ्कटबाट प्रभावित मुलुकलाई पुनरुत्थान, विपद् व्यवस्थापन, उत्थानशीलता विकास तथा जलवायु कार्यका लागि पर्याप्त वित्तीय स्रोत आवश्यक रहेको प्रदर्शनकारीहरूले बताएका छन्। ऋण मिनाहा गरेर सरकारले जलवायु कार्यमा खर्च गर्न सक्ने वित्तीय ठाउँ सिर्जना गर्नुपर्ने उनीहरूको माग छ। प्रदर्शनका क्रममा सहभागीहरूले गीत, सामूहिक नाराबाजी र तालिबद्ध प्रस्तुतिमार्फत जलवायु न्यायको आवाज उठाएका थिए। ऋण सङ्कट र जलवायु सङ्कटलाई एकअर्कासँग जोडिएको समस्याका रूपमा चित्रण गर्दै उनीहरूले असमानता र जलवायु परिवर्तनविरुद्ध संयुक्त रूपमा अघि बढ्न विश्व समुदायलाई आह्वान गरेका थिए। प्रदर्शनकारीहरूले जलवायु परिवर्तनको जिम्मेवारी र त्यसको असरबीच रहेको असमानता अन्त्य गर्नुपर्नेमा जोड दिँदै प्रभावित मुलुकलाई ऋणको सट्टा अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन माग गरेका छन्। –न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो
Latest NewsJust now

नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा उल्लेख्य सुधार आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार... ...

रातोपाटी
छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल
Latest NewsJust now

छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल

बारा समाचारदाता बारा, कात्तिक २८ गते । तराई मधेशका जिल्लामा श्रद्धा र निष्ठाको महापर्व छठ पूजाको तयारीका लागि व्रतालु जुटेका छन् । दीपावली र गोवर्धन पूजा सम्पन्न भएसँगै अहिले छठ पर... ...

गोरखापत्र
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
Latest NewsJust now

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

टर्किए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन् । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका हुन् । यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)को अन्तिम पत्रकार सम्मेलनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play