Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

कोडिङ र साइबर सुरक्षाका लागि माइक्रोसफ्टले ल्यायो नयाँ एआई मोडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोडिङ र साइबर सुरक्षाका लागि माइक्रोसफ्टले ल्यायो नयाँ एआई मोडेल
Photo / Coverage: टेक्नोलोजी खबर

माइक्रोसफ्टले कोडिङ र साइबर सुरक्षामा विशेष क्षमता भएका नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गरेको छ। एआई क्षेत्रमा एन्थ्रोपिक र ओपनएआईजस्ता प्रतिस्पर्धीलाई चुनौती दिने रणनीतिअन्तर्गत कम्पनीले नयाँ मोडेलहरू ल्याएको हो। अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित माइक्रोसफ्ट इग्नाइट सम्मेलनमा कम्पनीले ‘एमएआई कोड २’ (MAI Code 2) नामक प्रोग्रामिङसम्बन्धी एआई मोडेल सार्वजनिक गरेको छ। माइक्रोसफ्टका अनुसार यो मोडेलले प्रतिस्पर्धी एआई मोडेलको जस्तै कार्यक्षमता निकै कम लागतमा प्रदान गर्न सक्छ। कम्पनीले साइबर सुरक्षाका लागि छुट्टै एआई मोडेल पनि विकास गरेको छ। सफ्टवेयरमा बढ्दै गएका सुरक्षा कमजोरी पहिचान र समाधानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त मोडेल सीमित ग्राहकलाई उपलब्ध गराउने माइक्रोसफ्टको योजना छ। यसका अतिरिक्त कम्पनीले तस्बिर निर्माण र आवाजलाई लिखित पाठमा रूपान्तरण गर्ने नयाँ एआई मोडेल पनि सार्वजनिक गरेको छ। रोयटर्सका अनुसार माइक्रोसफ्टका एआई प्रमुख मुस्तफा सुलेमानले रोयटर्ससँगको कुराकानीमा विभिन्न कामका लागि छुट्टाछुट्टै विशेष मोडेल विकास गर्ने रणनीतिले लागत घटाउँदै प्रतिस्पर्धी मोडेलसँग कार्यक्षमतामा बराबरी गर्न सहयोग गरेको बताए। उनका अनुसार केही परीक्षणमा माइक्रोसफ्टका मोडेल प्रतिस्पर्धीभन्दा अगाडि पनि छन्। उनले एआईको कार्यक्षमता मात्र नभई यसको सुरक्षित प्रयोगलाई पनि प्राथमिकतामा राखिएको बताए। विशेषगरी एआईले हानिकारक काम गर्न नपाउने र निर्धारित उद्देश्यअनुसार मात्रै काम गर्ने सुनिश्चित गर्नु कम्पनीको प्रमुख प्राथमिकता रहेको उनको भनाइ छ। ओपनएआईका एआई एजेन्टहरूले हगिङ फेस प्लेटफर्ममा ह्याकिङ गतिविधि गरेको घटनापछि एआई सुरक्षाको विषय थप महत्त्वपूर्ण बनेको सुलेमानले उल्लेख गरेका छन्। एआई प्रणालीलाई मानवीय उद्देश्य र मूल्यअनुरूप व्यवहार गर्न सुनिश्चित गर्ने अनुसन्धान क्षेत्रलाई ‘अलाइनमेन्ट’ भनिन्छ। सुलेमानका अनुसार यसलाई सुरक्षित बनाउनु उनको प्रमुख प्राथमिकता हो। The post कोडिङ र साइबर सुरक्षाका लागि माइक्रोसफ्टले ल्यायो नयाँ एआई मोडेल appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एन्ड्रोइडमा आफ्नै सुरक्षित च्याट ब्याकअप सुविधा परिक्षण गर्दै ह्वाट्सएप
TechnologyJust now

एन्ड्रोइडमा आफ्नै सुरक्षित च्याट ब्याकअप सुविधा परिक्षण गर्दै ह्वाट्सएप

ह्वाट्सएपले एन्ड्रोइडका केही परीक्षण प्रयोगकर्तालाई आफ्नै क्लाउड स्टोरेजमा कुराकानीको ब्याकअप राख्न सकिने सुविधा उपलब्ध गराउन थालेको छ। डब्ल्यूएबिन्टाइन्फोका अनुसार एन्ड्रोइडका लागि ह्वाट्सएपको परीक्षण भर्सन २.२६.४६.४ मा यो सुविधा देखिएको हो। यो अप्सन उपलब्ध भएका प्रयोगकर्ताले आफ्ना कुराकानीको ब्याकअप राख्न ह्वाट्सएपको क्लाउड स्टोर वा गुगल ड्राइभमध्ये एउटा छनोट गर्न सक्नेछन्। टेलिग्राफका अनुसार, ह्वाट्सएपले निशुल्क रुपमा २ जीबी स्टोरेज सुविधा उपलब्ध गराउने छ। थप ...

टेक्नोलोजी खबर
अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला
TechnologyJust now

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला

अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीलाई सहभागिताका लागि आह्वान, कुल १ लाख २० हजार अमेरिकी डलर पुरस्कार राशि ३ मंसिर, काठमाडौं। सामाजिक विषयवस्तु र सकारात्मक परिवर्तनको सन्देश बोकेका चलचित्रलाई प्रोत्साहन गर्दै आएको अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल ‘अल्टरनेटिभा फिल्म फेस्टिभल’ (एएफएफ) ले सन् २०२७ मा आयोजना हुने चौथो संस्करणका लागि आवेदन खुला गरेको छ । सन् २०२७ […] The post अल्टरनेटिभा फिल्म फेस्टिभल ...

आइसिटी फ्रेम
बाँदर आतंक नियन्त्रणका लागि प्रविधि विकास गर्न सरकारद्वारा प्रस्ताव आह्वान
TechnologyJust now

बाँदर आतंक नियन्त्रणका लागि प्रविधि विकास गर्न सरकारद्वारा प्रस्ताव आह्वान

बाँदरको आतंकबाट कृषि क्षेत्रमा भइरहेको क्षति न्यूनीकरण गर्न सरकारले नयाँ उपाय, अनुसन्धान तथा प्रविधि विकासका लागि प्रस्ताव माग गरेको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले बाँदर नियन्त्रणसम्बन्धी नवीन प्रविधिको विकास र परीक्षण गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो। मन्त्रालयले हालै एक सूचना प्रकाशित गरी बाँदरबाट प्रभावित कृषकको समस्या दीर्घकालीन रूपमा समाधान गर्न वैज्ञानिक अध्ययन, अनुसन्धान र ...

टेक्नोलोजी खबर
अन्तर्राष्ट्रिय बजारमा विद्युतीय सवारी साधनको बिक्री बढेर २० लाख युनिट नाघ्यो
TechnologyJust now

अन्तर्राष्ट्रिय बजारमा विद्युतीय सवारी साधनको बिक्री बढेर २० लाख युनिट नाघ्यो

पछिल्ला केही वर्षयता विद्युतीय सवारी साधन (इभी) को मागमा तीव्र वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा, अक्टोबर महिनामा विद्युतीय सवारी साधनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा करिब ८ प्रतिशतले बढेर करिब २९ लाख युनिट पुगेको छ। यस वर्षको जनवरीदेखि अक्टोबरसम्ममा, विद्युतीय सवारी साधनको कुल बिक्री करिब १ करोड ७५ लाख युनिट पुगेको छ। ‘बेन्चमार्क मिनरल इन्टेलिजेन्स’लाई उद्धृत गर्दै आएको एक मिडिया ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play