काठमाडौं । १५औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ का अवसरमा कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालयले एक समारोहबीच उक्त कम्पनीलाई सम्मान गरेको जनाएको छ । कार्यालयको क्षेत्राधिकारभित्र रहेका करदातामध्ये आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर दाखिला गरी कम्पनीले उक्त सम्मान प्राप्त गरेको बताइएको छ । कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत कर्णप्रसाद तिमिल्सिनाले कम्पनीका अध्यक्ष क्याप्टेन आशिष शेरचनलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । कम्पनी यसअघि पनि नवौं र १३औँ राष्ट्रिय कर दिवसमा सर्वाधिक आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भइसकेको छ । उक्त महत्त्वपूर्ण उपलब्धिले करप्रतिको जिम्मेवारी, पारदर्शिता र व्यावसायिक प्रतिबद्धता अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ । साथै, आगामी दिनमा पनि प्रचलित कर कानुनको पूर्ण पालना गर्दै एक जिम्मेवार करदाताका रूपमा राष्ट्रको आर्थिक विकासमा निरन्तर योगदान पुर्याउने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।
कैलाश हेलिकप्टरलाई उत्कृष्ट करदाता सम्मान

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






