काठमाडौं। देशका विभिन्न प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भू-भागमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ। देशका अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। राती देशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। यसैगरी, तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on नेपालन्युज






