Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

केएमसीको सहयोगले स्ट्रोकले थलिएकी हेमकुमारीले पाइन् नयाँ जीवन

Share:WhatsAppFacebookX (Twitter)Telegram
केएमसीको सहयोगले स्ट्रोकले थलिएकी हेमकुमारीले पाइन् नयाँ जीवन
Photo / Coverage: पर्दाफास

कोहीपनि बिरामी शारीरिक पीडासँगै मानसिक तनाव र अनिश्चितताको सामना गर्न बाध्य हुन्छन्। रुपन्देहीको सैनामैना–७ की हेमकुमारी थापाले पनि दुई महिनाअघि यस्तै कठिन परिस्थितिको सामना गर्नुप¥यो। स्ट्रोक (मस्तिष्कघात) भएपछि उनको जीवन एकाएक कष्टकर बन्यो। तर, काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको ठूलो चिरफारबिनाको सफल उपचारपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आयो। अहिले उनी खुसी हुँदै घर फर्किएकी छन्। दुई महिनाअघि मस्तिष्कघात भएपछि हेमकुमारीको स्वास्थ्य अवस्था कमजोर बनेको थियो। हातले राम्ररी काम गर्न छाडेको थियो। हात झमझमाउने, लुलो हुने, शरीरमा असहज महसुस हुने र बोलीसमेत लरबरिने समस्या देखिएको थियो। सामान्य दैनिक काम गर्नसमेत कठिन भएपछि परिवारका सदस्यहरू उनको उपचारका लागि विभिन्न विकल्प खोज्न थाले। उपचारकै क्रममा परिवार उनलाई लिएर भारत पुग्यो। त्यहाँ उपचारका लागि चार लाख भारतीय रुपैयाँ खर्च लाग्ने बताएपछि परिवार थप चिन्तित बन्यो। ठूलो रकम जुटाउनुपर्ने बाध्यताबीच आफन्तको सल्लाहमा उनीहरू काठमाडौंस्थित केएमसी आइपुगे। भारतमा उपचारका लागि ठूलो रकम खर्च हुने अवस्थामा स्वदेशमै विशेषज्ञ सेवा पाउने आशाले परिवारमा नयाँ भरोसा पलायो। केएमसी पुगेपछि हेमकुमारीको उपचारको जिम्मेवारी न्युरो इन्टरभेन्सन विशेषज्ञ डा.अरुण पौडेल र उनको टोलीले लियो। चिकित्सकीय परीक्षण र आवश्यक जाँचपछि उनको मस्तिष्कको मुख्य रक्तनलीमध्ये एउटा नसा करिब ९० प्रतिशत साँघुरिएको पत्ता लाग्यो। यसले गर्दा मस्तिष्कमा पर्याप्त रक्तप्रवाह हुन नसक्ने र उनलाई पटकपटक पक्षघातको जोखिम रहेको चिकित्सकले बताए। डा.पौडेलका अनुसार हेमकुमारीको सीटी स्क्यान र सेरेब्रल एन्जियोग्राफीमार्फत परीक्षण गरिएको थियो। एन्जियोग्राफीबाट मस्तिष्कको मुख्य रक्तनलीमा गम्भीर अवरोध देखिएपछि तत्काल उपचार प्रक्रिया अघि बढाइयो। ‘उहाँको मस्तिष्कको मुख्य नसा करिब ९० प्रतिशत साँघुरिएको थियो। समयमै उपचार नभएको भए नसा पूर्ण रूपमा बन्द हुने र गम्भीर पक्षघात हुने जोखिम थियो। त्यसैले हामीले क्याथल्याबमा खुट्टाको धमनीबाट मसिनो तार र क्याथेटर (पातलो नली) प्रवेश गराएर मस्तिष्कको प्रभावित नसासम्म पु¥यायौँ। त्यसपछि साँघुरिएको भागमा बेलुन एन्जियोप्लास्टी गरी नसा फराकिलो बनायौँ र स्टेन्ट राखेर रक्तप्रवाह सहज बनायौँ,’ डा.पौडेलले भने। उनका अनुसार उपचार प्रक्रिया सफल भएपछि हेमकुमारीको स्वास्थ्यमा छिट्टै सुधार देखियो। इन्टरभेन्सन प्रक्रिया सम्पन्न भएको करिब एक घण्टामै उनको अवस्थामा सकारात्मक परिवर्तन देखिएको र दुई दिनको अस्पताल बसाइपछि घर पठाउने तयारी गरिएको उनले बताए। यस उपचारको विशेषता भनेको शरीरमा ठूलो चिरफार नगरी रक्तनलीकै माध्यमबाट मस्तिष्कको प्रभावित भागसम्म पुगेर उपचार गर्नु हो। बेलुन एन्जियोप्लास्टी र स्टेन्ट प्रत्यारोपणमार्फत साँघुरिएको रक्तनली खुला बनाउने यो प्रविधिले हेमकुमारीको उपचारमा महत्वपूर्ण भूमिका खेलेको चिकित्सकको भनाइ छ। उपचारपछि हातको समस्या र झमझमाउने अवस्थाबाट राहत पाउँदै जाँदा हेमकुमारीको आत्मविश्वास पनि फर्किन थाल्यो। अस्पताल आउँदा चिन्ता र अन्योलमा रहेकी उनी डिस्चार्ज हुने बेला निकै खुसी देखिइन्। ‘मेरो रोग निको पार्न मिहिनेत गर्ने डाक्टर, नर्सलगायत सबैलाई धेरै–धेरै धन्यवाद। उहाँहरूले राम्रो उपचार र माया दिनुभयो। म निकै खुसी छु,’ हेमकुमारीले भनिन्। आमाको उपचार सफल भएपछि छोरी बबिना थापा पनि निकै खुसी छिन्। आमालाई ठूलो शल्यक्रिया नगरी अत्याधुनिक प्रविधिबाट सफल उपचार गरिदिएको भन्दै उनले केएमसीका चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरिन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्र बैंकलाई नवप्रवर्तनसँगै आएका जोखिम व्यवस्थापन गर्ने चुनौती छ : गभर्नर
OthersJust now

राष्ट्र बैंकलाई नवप्रवर्तनसँगै आएका जोखिम व्यवस्थापन गर्ने चुनौती छ : गभर्नर

गभर्नर पौडेलले सुरक्षित भुक्तानीसँगै ग्राहक संरक्षण समेत सुनिश्चितता गर्नुपर्ने भएकाले प्रविधिका कारण आउने जोखिम व्यवस्थापन गर्नुपर्ने चुनौती केन्द्रीय बैंंकमा आएको बताए । ...

अनलाइन खबर
स्वार्थको द्वन्द्वले पहिलो पटक रोकिए राजदूत
OthersJust now

स्वार्थको द्वन्द्वले पहिलो पटक रोकिए राजदूत

सुनुवाइ समिति सचिवालयको अभिलेखअनुसार संसदीय सुनुवाइमा प्रश्न उठेपछि प्रस्तावित व्यक्तिले आफैं नाम फिर्ता लिएको पहिलो घटना भने होइन । ...

अनलाइन खबर
सालका रुख अवैध रुपमा कटान
OthersJust now

सालका रुख अवैध रुपमा कटान

१६ कात्तिक, खोटाङ। साल (सखुवा) का रुख अवैध रुपमा ढालेर कटान गरेको भेटिएको छ । खाल्ले र लफ्याङका दुई वटा सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रुख अवैध रुपमा ढालेर काठ कटान गरी निकासी गर्ने तयारीमा पत्ता लागेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वन र सोही नगरपालिकाको वडा नं. ५… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play