Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

कृषि पढ्दै फूलखेतीमा रमाए युवा, तिहारमै लाखौ‌ आम्दानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
कृषि पढ्दै फूलखेतीमा रमाए युवा, तिहारमै लाखौ‌ आम्दानी
Photo / Coverage: नेपालन्युज

बाँके।कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर चार लाखभन्दा बढी आम्दानी गरेका छन्। मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको कृषि विषयमा स्नातक पढ्दै गरेका नेपालगन्ज उपमहानगरपालिका–१९ का वेदराज आचार्य, चेतन केसी र कोहलपुर–११ का असिम सिग्देलले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर सो रकम आर्जन गरेका हुन्। उनीहरूले उत्पादन गरेको सबै फूल बिक्री भइसकेको छ। नेपालगन्ज–१९ स्थित फुटाहा गाउँमा फिट फार्मअन्तर्गत १० कट्ठा जग्गामा लगाइएको ११ क्विन्टल फूल उत्पादन गरेर चार लाखभन्दा बढी आम्दानी भएको युवा व्यावसायी असिम सिग्देलले जानकारी दिए। उनले आफूहरूले उत्पादन गरेको सबै फूल सकिएपछि पनि फूलको माग नसकिएकाले पहिलेदेखि बुकिङ गरेकाहरूलाई मात्र उपलब्ध गराउन दाङबाट थप दुई क्विन्टल फूल झिकाएर बिक्री गरेको उल्लेख गरे। फूलखेतीबाट तिहारको खर्च जुटेको बताउँदै व्यावसायी सिग्देलले यस पटकको अनुभवबाट आगामी वर्ष फूलखेती बढाएर दोब्बर गर्ने योजना पनि सुनाए। उनले यस पटक आफूहरूलगायत अन्य युवाले विभिन्न ठाउँमा गरेको फूलखेतीबाट भारतबाट आयात हुने फूललाई पूर्ण रूपमा विस्थापित गर्न सफल भएको बताए। अर्का व्यवसायी चेतन केसीले भाइटीकाअघि नै उत्पादन गरेको सबै ११ क्विन्टल फूल बिक्री भइसकेको बताउँदै स्थानीयले फूलका लागि थप माग गरेपछि दाङबाट दुई क्विन्टल फूल ल्याएर बेचेको उल्लेख गरे। उनले यस पटक बुटवल, दाङ, काठमाडौँ र सुर्खेतलगायत जिल्लाबाट समेत फूलको माग आएकाले त्यता पनि पठाइएको बताए। अर्का व्यवसायी वेदराज आचार्यले थोरै मिहेनत र लगानीबाट पनि राम्रो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने कुरा फूलखेतीले प्रमाणित गरेको बताए। उनले ४०० रुपैंयाँ किलोमा फूल बिक्री गरेको जनाउँदै अझै पनि माग भइरहेको सुनाए। बाँकेमा यस वर्ष करिब १३ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको फ्लोरी कल्चर एसोसिएसन नेपाल बाँकेले जनाएको छ। जिल्लाको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा किसानले व्यावसायिक रूपमा फूलखेती गरेको एसोसिएसनकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु घर्तीमगरले बताइन्। उनका अनुसार जिल्लामा यस वर्ष सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलको खेती गरिएको छ। पहिलो पटक यस वर्ष भारतीय फूल आयात रोक्न धेरै हदसम्म सफलता मिलेको छ। फूलखेती गरेका किसानले नेपालगन्जको त्रिभुवनचोक, धम्बोझीचोक र कोहलपुरका विभिन्न स्थानमा फुटकर बिक्री केन्द्र खोलेर फूल बिक्री गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै
Latest NewsJust now

कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

विराटनगर। कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ। महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसर पारेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानुन मै... ...

रातोपाटी
घरायसी परिकारबाट करोडाैंको व्यवसाय बन्यो झिनियाँ रोटी
Latest NewsJust now

घरायसी परिकारबाट करोडाैंको व्यवसाय बन्यो झिनियाँ रोटी

२० वर्षअघिसम्म घरायसी परिकार रहेको झिनियाँ रोटी अहिले पाल्पाका महिलाको नियमित आम्दानी हुने व्यवसाय बनेको छ, जसबाट वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान छ। ...

कान्तिपुर
राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण
Latest NewsJust now

राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गरे । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ...

केन्द्रबिन्दु
राष्ट्रपतिले बहिनीको हातबाट लगाए भाइटीका, तस्बिरहरू
Latest NewsJust now

राष्ट्रपतिले बहिनीको हातबाट लगाए भाइटीका, तस्बिरहरू

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका हुन्। सो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play