Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

कूटनीतिक प्रचलन तोडेर ट्रम्पलाई लिन विमानस्थलमै पुगे चिनियाँ राष्ट्रपति सी

Share:WhatsAppFacebookX (Twitter)Telegram
कूटनीतिक प्रचलन तोडेर ट्रम्पलाई लिन विमानस्थलमै पुगे चिनियाँ राष्ट्रपति सी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कूटनीतिक मामिलामा अत्यन्त कडा मानिने चीनमा राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गरेका छन्। चीनको पछिल्लो कूटनीतिक प्रचलन अनुसार राष्ट्रप्रमुखहरू सामान्यतया पाहुनालाई स्वागत गर्न विमानस्थल जाने गरेका छैनन्। तर, यसपटक चिनियाँ राष्ट्रपति सी स्वयम् रातो कार्पेटमा उपस्थित भएर ट्रम्पको स्वागत गर्नुले अमेरिका–चीन द्विपक्षीय सम्बन्धलाई बेइजिङले धेरै महत्त्व दिएको प्रस्ट पारेको विश्लेषकहरूले बताएका छन्। यसअघि यसै वर्ष अमेरिका भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले पनि जोइन्ट बेस एन्ड्रुजमा सीलाई विमानस्थलमै स्वागत गरेका थिए। यसअघि बुधबारै सेन्जेन आइपुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने सीका शक्तिशाली चिफ अफ स्टाफ काई चीले स्वागत गरेका थिए । यसअघि सन् २००९ मा सीले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई विमानस्थलमै स्वागत गरेका थिए, तर त्यतिबेला उनी चीनको उपराष्ट्रपति पदमा थिए। बुधबार र बिहीबार सेन्जेनमा चल्ने ‘एपेक सीईओ समिट २०२६’मा विश्वका २१ अर्थतन्त्रका नेताहरूबीच द्विपक्षीय तथा क्षेत्रीय मुद्दाहरूमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ। एसिया–प्यासिफिक क्षेत्रमा शान्ति र खुलापन अपरिहार्य : सी चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्यासिफिक क्षेत्रको दिगो विकासका लागि आपसी शान्ति, स्थिरता र खुला व्यापार प्रणाली अपरिहार्य रहेको बताएका छन्। सेन्जेनमा‘एपेक सीईओ समिट २०२६’ लाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उनले विश्वव्यापी मन्दी र संरक्षणवादका बाबजुद पनि क्षेत्रीय सहकार्यलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिए। राष्ट्रपति सीले एसिया–प्यासिफिक क्षेत्रलाई विश्वको वृद्धिको मुख्य इन्जिन बनाउन खुलापन, सहकार्य र बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्ने धारणा राखे। उनले प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र हरित अर्थतन्त्रमा जोड दिँदै यस क्षेत्रका सबै अर्थतन्त्रलाई समान लाभ पुग्नेगरी विकासका नीतिहरू अगाडि बढाउनुपर्ने बताए। चीनको १५ औं पञ्चवर्षीय योजनाले उच्च गुणस्तरीय विकास र व्यापक बजार अवसर सिर्जना गरेको उल्लेख गर्दै सीले विश्वका व्यावसायिक समुदायलाई चीनसँग सहकार्य गर्न आह्वान गरे। उनले चीन सधैं खुला बजार, निष्पक्ष व्यापार र बाह्य लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। (चाइना डेली र सीएनएनको सहयोगमा )

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गाँजासहित कार बरामद, चालक फरार
Latest NewsJust now

गाँजासहित कार बरामद, चालक फरार

मकवानपुर । मकवानपुरको भीमफेदीबाट १ सय १७ किलो ९१० ग्राम गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चेकजाँचका क्रममा कार छाडेर चालक फरार भएका छन्। बुधबार राति करिब १:४० बजे भीमफेदी गाउँपालिका–२ भैंसेस्थित प्रहरी चेकपोस्टमा नियमित चेकजाँच गर्ने क्रममा पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा.अ.ब. ४४३१ नम्बरको कारलाई प्रहरीले रोकेको थियो। कार जाँच गर्ने क्रममा चालकले ‘केही छैन सर’ भन्दै भागेपछि प्रहरीले ...

केन्द्रबिन्दु
पोखरामा तिलहरी चोरी गरेको आरोपमा विदेशी महिला पक्राउ
Latest NewsJust now

पोखरामा तिलहरी चोरी गरेको आरोपमा विदेशी महिला पक्राउ

पोखरा । पोखराको एक सुनचाँदी पसलबाट तिलहरी चोरी गरेको आरोपमा ६६ वर्षीया एक ग्रिक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ग्रिस देशकी नागरिक काल्लिपी स्टेफानो छिन्। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर... ...

रातोपाटी
दक्षिण अस्ट्रेलियामा नेपाल महोत्सवको तयारी पूरा, पहिलोपटक राज्यका प्रिमियर सहभागी हुँदै
Latest NewsJust now

दक्षिण अस्ट्रेलियामा नेपाल महोत्सवको तयारी पूरा, पहिलोपटक राज्यका प्रिमियर सहभागी हुँदै

कार्यक्रममा नेपालको कलासंस्कृति झल्काउन सोही दिन बिहान नेपाल परेडको आयोजना गरिएको छ । उक्त परेडमा नेपाली पोसाक लगाएका विभिन्न जातजाति तथा भेषभूषामा सजिएका नेपालीले परम्परागत झाँकी तथा नृत्यसहित नेपाली र अस्ट्रेलियाली झण्डा फहराउँदै परिक्रमा गर्नेछन् । ...

कान्तिपुर
मधेशमा सामाचकेवाको रौनक
Latest NewsJust now

मधेशमा सामाचकेवाको रौनक

धर्बेन्द्र झा जनकपुरधाम, मङ्सिर ३ गते । तराईमधेशका विभिन्न गाउँबस्तीमा अहिले सामाचकेवा पर्वको रौनक छाएको छ । छठपर्व खर्नाको दिनदेखि सुरु भएको सामाचकेवा पर्वमा महिलाहरू प्रत्येक दिन... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play