Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

कूटनीतिको जरो समाजमै

Share:WhatsAppFacebookX (Twitter)Telegram
कूटनीतिको जरो समाजमै
Photo / Coverage: नेपालन्युज

नागरिकको चेतनास्तरले कूटनीतिक चातुर्यको महत्त्व बुझ्न मद्दत गर्छ। चेतनशील नागरिकले देशका लागि के राम्रो र के नराम्रो भन्ने छुट्याउन विवेक प्रयोग गर्छन्। सचेत नागरिकले कुन व्यवहार कूटनीतिक हो र कुन होइन भन्ने बुझ्न सक्नुपर्छ। त्यसो भएमा उनीहरू आवेगमा परेर अप्रिय निर्णय लिनबाट जोगिन सक्छन्। चेतनाको अभावमा मानिस भ्रम र अन्योलमा रुमल्लिन्छ। हुन त राजनीतिक उद्देश्य प्राप्तिका लागि अरूलाई भ्रममा पार्नुलाई पनि कूटनीति भन्ने गरिन्छ। तर, देशको हितमा हुने गरी गरिने कर्म, बोली र व्यवहार कूटनीतिको दायराभित्र पर्छन् भन्ने कुरा सरल ढङ्गले बुझ्नु सचेत नागरिकको कर्तव्य हो। आजको युगमा कूटनीतिका औपचारिक क्षेत्रमा काम गर्न विषयगत विज्ञता आवश्यक पर्ला। तर, शासक र विषयगत विज्ञले गर्ने व्यवहारले राष्ट्रमा पार्ने प्रभावको मूल्याङ्कन र आकलन गर्न सक्ने हैसियत नागरिकमा पनि हुनुपर्छ। त्यसो भएमा मात्रै सन्तुलित विदेश नीति निर्माण गरी देशलाई सबल बनाउन मद्दत पुग्छ। विविधता नेपालको अमूल्य सम्पत्ति र राष्ट्रिय पहिचानका अद्वितीय खजाना हुन्। यस पहिचानलाई पनि कूटनीतिमा नरम शक्तिका रूपमा प्रयोग गर्न सक्नुपर्छ। क्षेत्रफल र जनसङ्ख्याको तुलनामा नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले सम्पन्न मुलुक हो। जातीय समूहका आधारमा यहाँ सयौँ चाडपर्व मनाइन्छन्। सयौँ भाषा बोलिन्छन्। भौगोलिक हिसाबले तराईदेखि संसारको छानो मानिने हिमालसम्मको हावापानी दुई सय किलोमिटरभन्दा कम दूरीमै पाइन्छ। यो विविधता नेपालको अमूल्य सम्पत्ति र राष्ट्रिय पहिचानका अद्वितीय खजाना हुन्। यस पहिचानलाई पनि कूटनीतिमा नरम शक्तिका रूपमा प्रयोग गर्न सक्नुपर्छ। संस्कृति र कूटनीतिक सद्भाव यतिबेला परम्परागत रूपमा मनाइने बडादसैँ सकिएको छ भने तिहार नजिकिँदै छ। यही अवसरमा विदेशी कूटनीतिक नियोगहरूले दसैँको शुभकामना सन्देश सम्प्रेषण गरे। कतिपय देशका महामहिम राजदूतले नेपाली पोसाक पहिरिएर परिवारका सदस्यसँग टीका-जमरा ग्रहण गरेका दृश्यले पनि प्राथमिकता पाए। पाउनु पनि पर्छ। कूटनीतिक मर्यादामा रहेर काम गरिरहेका हाम्रा महामहिम पाहुनाले हाम्रा चालचलन, संस्कृति र रहनसहनसँग परिचित हुनु तथा त्यसमा सहभागी हुनु हाम्रा लागि गौरवको कुरा हो। यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको सांस्कृतिक छवि उँचो बनाउन मद्दत गर्छ। उनीहरूप्रति कृतज्ञता व्यक्त गर्नु हाम्रो कर्तव्य हो। तर, किन हो कुन्नि, हामी नेपाली स्वभावैले भावुक हुन्छौँ। सानो उपलब्धिमा जुरुक्क उचालिने र सानो कमजोरीमा थचक्क पर्ने हाम्रो बानीजस्तै भइसकेको छ। यस्तो व्यवहारले हामीले पटकपटक धेरै कुरा गुमाएका छौँ। कुनै देशका शासकले हाम्रो संसद्मा आएर नेपाली भाषामा सम्बोधन गरेकै आधारमा हामी यति भावुक हुन्छौँ, मानौँ उनी हाम्रै देशका शासक हुन्। हामी चुप लागेर बस्नै सक्दैनौँ। फुर्किन्छौँ र जिन्दावाद भन्दै नारा लगाउँछौँ । त्यसपछि शान्तिको सास फेर्दै कुम्भकर्णे निद्रामा सुत्छौँ। वर्तमानमा पनि हामी त्यो विगतबाट माथि उठ्न सकेका छैनौँ। हाम्रो समाधान जिन्दावाद, मुर्दावाद, भत्काउने र आगो लगाउनेमै सीमित छ। कुनै देशका कलाकारले हाम्रा बारेमा नराम्रो कुरा गरेको तथ्यहीन अफवाह फैलिँदा भने हामी झल्याँस्स ब्युँझिन्छौँ। हामीमा महिषासुर सवार हुन्छ। सडकका रेलिङ भत्काउँछौँ, राँको बाल्छौँ र मुर्दावादको नारा लगाउँछौँ। हाम्रा नागरिक विदेशमा कुनै समूहबाट मारिँदा दुःख व्यक्त गर्दै सम्बन्धित देशसँग कूटनीतिक माध्यमबाट क्षतिपूर्तिको माग राख्दैनौँ। बरु आफ्नै संरचनामा आगो लगाउन अघि सर्छौँ। यो हाम्रो विगत हो। यो वास्तविक ऐना स्वीकार्नैपर्छ। वर्तमानमा पनि हामी त्यो विगतबाट माथि उठ्न सकेका छैनौँ। हाम्रो समाधान जिन्दावाद, मुर्दावाद, भत्काउने र आगो लगाउनेमै सीमित छ। वास्तवमा कूटनीति सरल ढङ्गले गरिने जटिल कार्य हो। यसको असर तत्काल देखिँदैन। यसले लामो र घुमाउरो बाटो तय गर्दै दीर्घकालीन सकारात्मक लक्ष्य निर्धारण गरेको हुन्छ। राष्ट्रिय हितका लागि सकारात्मक उद्देश्यसहित गरिएका कार्यले राम्रो प्रतिफल दिन्छन्। विशेषगरी आर्थिक उन्नतिमा पछाडि परेका र रणनीतिक हिसाबले महत्त्वपूर्ण स्थानमा अवस्थित नेपालजस्ता राष्ट्रका लागि राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको संरक्षणमा नागरिकस्तरको कूटनीतिक चातुर्यले समेत ठूलो अर्थ राख्छ। कूटनीतिक रूपमा सचेत नागरिकको व्यवहारले राष्ट्रिय छविमा योगदान पुर्‍याउन सक्छ। यसले सम्बन्धित व्यक्तिहरूलाई पनि सजग रहन बल दिन्छ। तसर्थ, हरेक नागरिकमा कूटनीतिक चेतना आवश्यक छ र व्यवहारबाट त्यसलाई प्रमाणित गर्न सक्नुपर्छ। नरम शक्तिको प्रभाव मानौँ, यसैगरी विदेशस्थित हाम्रा कूटनीतिज्ञहरूले सम्बन्धित देशको धर्म र संस्कारअनुसार व्यवहार गरेका समाचार वा प्रमाण सार्वजनिक भएका भए हामी के गर्थ्यौँ? के हामी आफ्ना विदेशस्थित नियोगहरूको प्रशंसा गर्थ्यौँ वा उनीहरूले अर्को देशको धर्म अँगालेको भन्दै आक्रोशित हुन्थ्यौँ? मूल कुरो यही हो। पक्कै पनि त्यस्ता राजदूत प्रशंसायोग्य हुने थिएनन् कि? कुनै अमुक धर्म मानेको आरोपमा उनीहरूको राजीनामा माग्दै राँके जुलुस निकाल्थ्यौँ कि? हाम्रो आन्दोलनको अन्तिम उद्देश्य उनीहरूलाई पदमुक्त गर्नु हुन्थ्यो कि? त्यसका लागि देशले ठूलो मूल्य चुकाउनुपर्थ्यो कि? हामी आफ्नै ऊर्जा खर्च गरेर ‘यस्ता संरचना त फेरि बनाउँला, पहिले त्यसको राजीनामा चाहियो’ भन्थ्यौँ कि? एक व्यक्तिको राजीनामाका लागि सगरमाथाको चुचुरो चुमेको विजय उत्सव मनाएझैँ गर्व गर्थ्यौँ कि? सोचनीय विषय यही हो। भौतिक आक्रमण, सैन्यबल वा दबाब प्रयोग नगरी संस्कृति, मूल्य-मान्यता, कूटनीति, शिक्षा र आकर्षणका माध्यमबाट अन्य व्यक्ति, समाज र देशलाई प्रभावित पार्ने क्षमतालाई नरम शक्ति अर्थात् सफ्ट पावर भनिन्छ। अब प्रश्न उठ्छ, सदनमा बोल्ने विदेशी शासक वा नेपालमा रहेका आवासीय कूटनीतिज्ञले यस्तो गतिविधि किन गरे र किन गर्छन्? किनभने उनीहरू कूटनीतिज्ञ हुन्। उनीहरू कूटनीतिमा निपुण छन् र त्यसको प्रयोग गर्छन् कूटनीतिमार्फत व्यक्ति, समाज र राष्ट्रियस्तरमा आफ्नो मुलुकप्रति सकारात्मक भावना निर्माण गर्नु उनीहरूको मुख्य दायित्व हो। राज्यको दायित्व पूरा गर्न उनीहरू यस्तो गर्छन् र गर्नुपर्छ पनि। दुई देशबीच सद्भाव र सहकार्य बढाउन कूटनीतिमा यस्तो कार्यलाई नरम शक्तिका रूपमा लिइन्छ। दक्षिणतिरका चाणक्यले राष्ट्रिय हितका लागि साम, दाम, दण्ड, भेद सबै जायज हुने सन्देश दिएर गए। उत्तरका सुन त्जुले पनि नलडेरै लडाइँ जित्नुलाई युद्धको कला माने। भौतिक आक्रमण, सैन्यबल वा दबाब प्रयोग नगरी संस्कृति, मूल्य-मान्यता, कूटनीति, शिक्षा र आकर्षणका माध्यमबाट अन्य व्यक्ति, समाज र देशलाई प्रभावित पार्ने क्षमतालाई नरम शक्ति अर्थात् सफ्ट पावर भनिन्छ। विदेशी कूटनीतिज्ञहरूले यही नरम शक्तिलाई सकारात्मक प्रभावका रूपमा प्रयोग गरे र हामी मक्ख पर्‍यौँ। अध्ययन र विवेकबिनाको क्रिया-प्रतिक्रियाले देशप्रति नकारात्मक सन्देश जान सक्छ। के हो त यो सफ्ट पावर? यसको प्रयोग कहाँबाट र कसरी सिक्ने? हाम्रो समाजमा यसको अभ्यास परापूर्वकालदेखि हुँदै आएको छ। पहिलो स्रोत यही हो। अन्य स्रोतका रूपमा इतिहास र वर्तमान विश्वव्यवहारको अध्ययनबाट पनि सिक्न सकिन्छ। अध्ययन र विवेकबिनाको क्रिया-प्रतिक्रियाले देशप्रति नकारात्मक सन्देश जान सक्छ। यस्तो सन्देशले राज्य सञ्चालन प्रक्रियामा मात्रै कठिनाइ सिर्जना गर्दैन, आर्थिक, सामाजिकलगायत अन्य क्षेत्रलाई पनि प्रभावित पार्छ र राष्ट्रलाई असफलतातिर धकेल्न सक्छ। हामीकहाँ हरेक कुरालाई सरल बनाउनुको सट्टा जटिल बनाउने प्रवृत्ति छ। सजिलै बुझ्न सकिने विषयलाई पनि जटिल बनाउने संस्कारले हामीलाई अलमल्याएको हो। वास्तवमा नरम शक्तिको प्रयोग गर्ने चलन हाम्रा सामाजिक मान्यता र व्यवहारमा परम्परागत रूपमै प्रचलित छ। तर, हामीले यसलाई पाठ्यसामग्रीमा कहिल्यै समावेश गरेनौँ। पढाएनौँ। बुढापाकाका गन्थनका रूपमा लियौँ। यस्ता सामाजिक संस्कारलाई पाठ्यविषय बनाउन सकिएको भए हामी अहिलेको जस्तो अन्योलमा पर्ने थिएनौँ। मितेरीमा लुकेको कूटनीति हाम्रो समाजमा मित लगाउने एउटा सामाजिक प्रथा। अझ कर्णाली र सुदूरपश्चिमतिर गएर पुरानो समाजलाई गहिरोसँग खोतल्ने हो भने त्यहाँको लोकसाहित्यमा पनि यो प्रथा प्रचलित रहेको पाइन्छ। “बेल उदाय घाम लाग्ला, जुन उदाय शीत।नाउँ जुडे बैँसरी लाउँला, बस जुडे मीत।।” अर्थात् घाम लाग्नु र रात पर्नु प्रकृतिको नियम हो। प्रकृतिको यही नियमभित्र जन्मेका हामी मानिसले उमेर र नामका आधारमा मित्रवत् सामाजिक साइनो गाँसेर सम्बन्ध विस्तार गर्न सक्छौँ भन्ने गहकिलो सन्देश यो गीतले दिन्छ। वर्ण व्यवस्थाका कठोर नियमका कारण उत्पन्न हुन सक्ने सम्भावित सामाजिक द्वन्द्वलाई पनि लोकसाहित्यमा अभिव्यक्त यस्तो सामाजिक कूटनीतिले सहजै समन्वय र सहकार्यमा बदल्न सिकाउँछ। जातीय रूपमा विभाजित समाजमा मित्रताको साइनोले विभेद घटाउन भूमिका खेलेको थियो भन्ने हाम्रो विगत र वर्तमानको उदाहरण हो। आफ्नै गाउँभित्रका विभिन्न जातजातिका मानिससँग सुमधुर सम्बन्ध विस्तार गर्न र सामाजिक मर्यादा कायम राख्न मितेरी लगाउने वा बैँसरी बाँड्ने चलन थियो। जुन घरसँग मितेरी वा बैँसरीको सम्बन्ध गाँसिएको छ, त्यस घरका चेलीबेटीलाई आफ्नै चेलीबेटीसरह मान्नुपर्ने सामाजिक मान्यताबाटै ‘सात साइनो गोत्रका, चौध साइनो मित्रका’ भन्ने उखान चलेको हो। अर्थात् मित्रको घरसँग चौध पुस्तासम्म पनि सम्बन्ध कायम राख्नुपर्छ भन्ने सन्देश यसले दिन्छ। मित लगाएपछि सानो जात भनिएको समुदायको मानिसको मृत्यु हुँदा ठूलो जात भनिएको समुदायका मितघरका सदस्य अनिवार्य रूपमा मलामी जानुपर्ने चलन थियो। यसको अर्थ वर्ण व्यवस्था राम्रो थियो भन्न खोजिएको होइन। वर्ण व्यवस्थाभित्र पनि यस्तो प्रचलन थियो भन्ने मात्र हो। जातीय रूपमा विभाजित समाजमा मित्रताको साइनोले विभेद घटाउन भूमिका खेलेको थियो भन्ने हाम्रो विगत र वर्तमानको उदाहरण हो। राज्यको उपस्थिति कमजोर भएका बेला प्राकृतिक स्रोतको बाँडफाँटमा समस्या आउँदा गाउँलेहरूले यही नरम शक्तिको प्रयोग गर्थे। यसैगरी, ओल्लोपल्लो गाउँसँग सम्बन्धित ठूला समस्याको समाधान गर्न पनि यो प्रथा प्रयोग भएको पाइन्छ। अन्य गाउँ, क्षेत्र वा जिल्लासँग मितेरी र बैँसरीको सम्बन्ध गाँसेर सुमधुर सम्बन्ध कायम गरेका अनगिन्ती उदाहरण हाम्रो सामाजिक परिवेशमा छन्। राज्यको उपस्थिति कमजोर भएका बेला प्राकृतिक स्रोतको बाँडफाँटमा समस्या आउँदा गाउँलेहरूले यही नरम शक्तिको प्रयोग गर्थे। मानौँ, कुनै गाउँमा पानीको अभाव छ र अर्को गाउँमा पानीको स्रोत छ। तर, पानी भएको गाउँका मानिस त्यसको उपयोग गर्न दिन तयार छैनन्। यस्तो अवस्थामा पानीको अभाव भएको गाउँका भद्रभलादमीले पानी भएको गाउँका अगुवासँग पहिले मितेरी वा बैँसरीको सम्बन्ध गाँस्थे। त्यसपछि विस्तारै पानी उपयोगका लागि पहल गर्थे। वनजङ्गलको उपयोगमा पनि पुराना मानिसले नरम शक्तिको प्रयोग गरेर प्राकृतिक स्रोतसँग जोडिएका जटिल समस्या सहजै समाधान गर्थे। यही हो कूटनीति। तर, हाम्रा विद्वान् वा राज्यले यसलाई पाठ्यसामग्री बनाउन सकेनन्। हामीले सिक्ने पहिलो स्रोत यही हो। पुर्खाले आर्जन गरेको पुरानो ज्ञानको समयसापेक्ष सदुपयोग गर्दै आधुनिक शिक्षाले पनि आफूलाई सुसज्जित बनाउन आवश्यक छ। कूटनीतिलाई निकै जटिल ढङ्गले व्याख्या गरियो। सानातिना तर मानव मनका अन्तरकुन्तर छुने व्यवहारमार्फत आफ्नो उद्देश्य पूरा गर्ने कलालाई कूटनीतिको दर्जा दिइएन। यसलाई कुनै अद्भुत शक्ति भएको उच्च डिग्रीधारीले मात्रै गर्न सक्ने कामका रूपमा व्याख्या गरियो र धेरै मानिसलाई यो क्षेत्रमा प्रवेश गर्न अयोग्य ठहर गरियो। त्यसपछि मानिसले आफ्नो अवमूल्यन आफैँ गर्न थाले। कूटनीतिको गह्रौँ भारी बोक्न विदेशी विश्वविद्यालयको प्रमाणपत्रधारीबाहेक अरूले सक्दैनन् भन्ने सन्देश प्रवाह गरियो। यसको अर्थ आधुनिक शिक्षाको विरोध गर्न खोजिएको होइन। भन्न खोजिएको के हो भने पुर्खाले आर्जन गरेको पुरानो ज्ञानको समयसापेक्ष सदुपयोग गर्दै आधुनिक शिक्षाले पनि आफूलाई सुसज्जित बनाउन आवश्यक छ। इतिहासबाट सिक्नुपर्ने पाठ स्रोत जेसुकै भए पनि हामीले कूटनीतिलाई सबैले बुझ्ने गरी सरल बनाउनुपर्छ। हाम्रा पुर्खाले गरेका कूटनीतिक प्रयास र सफलतालाई मनन गर्दै राष्ट्रको हितमा उपयोगी कुराहरू लागू गर्ने क्षमता हरेक नागरिकले विकास गर्न जरुरी छ। त्यसका लागि जटिल ढोका खोल्न शरीरले नथेग्ने घन ठोक्नुको सट्टा औँलाले चलाउन सकिने साँचो प्रयोग गर्ने कला सिक्नुपर्छ। बुझ्नुपर्ने कुरा के छ भने राज्यको कुनै धर्म हुँदैन। धर्म कुनै निश्चित व्यक्ति वा समुदायको हुन सक्छ। पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका जित्न पनि मितेरी प्रथाको उपयोग गरेको हामी सबैले इतिहासमा पढेकै छौँ। राज्य विस्तारमा बाधक नबनोस् भनेर उनले आफ्नो गोत्रसमेत परिवर्तन गरेको तथ्यगत इतिहास हामीसँग हुँदाहुँदै पनि त्यसको कूटनीतिक पक्षबारे कति बुझेका छौँ? यसका पक्ष र विपक्षमा तर्कवितर्क गर्न सकिएला। तर, त्यो पनि कूटनीतिकै एउटा अभ्यास थियो। मनन गर्नुपर्ने कुरा के हो भने यसलाई इतिहासका रूपमा त पढाइयो, तर कूटनीतिको दृष्टिले बुझाइएन। पृथ्वीनारायण शाहसँग कुनै औपचारिक प्रमाणपत्र थिएन। तर, देशको रणनीतिक अवस्थालाई सम्बोधन गर्न उनले चालेका कदम र शक्ति राष्ट्रहरूबीच कसरी सन्तुलित ढङ्गले अघि बढ्ने भन्ने सन्देश हाम्रा लागि कूटनीतिका स्रोत हुन्। ‘जाइ कटक नगर्नु, झिकी कटक गर्नु’ भन्ने मूल सूत्रमार्फत उनले आफ्नो कूटनीतिक सन्देश छाडेर गएका छन्। तसर्थ, कूटनीति भनेको आफ्नो राज्यप्रति बफादार रहेर गरिने सकारात्मक कार्य पनि हो। केहीले धार्मिक विषय पनि उठाएको पाइयो। बुझ्नुपर्ने कुरा के छ भने राज्यको कुनै धर्म हुँदैन। धर्म कुनै निश्चित व्यक्ति वा समुदायको हुन सक्छ। राज्यअनुकूलका गतिविधि गर्नु नै राजधर्म हो। राज्यको अहित हुने कार्य दण्डनीय हुन्छ, त्यो धार्मिक नै किन नहोस्। धर्मभन्दा माथि राज्य हुन्छ। आजको अन्तर्राष्ट्रिय कानुनअन्तर्गत राज्यको हितका लागि गरिने सबै कार्य राज्यका लागि जायज हुन्छन् भन्ने तर्क लेखमा प्रस्तुत गरिएको छ। कूटनीतिक मर्यादामा रहेका महामहिमहरूले सम्बन्धित देशको संस्कार र संस्कृतिको सम्मान गर्दै जनस्तरमा समेत भावनात्मक सम्बन्ध विस्तार गर्नु कूटनीतिक चातुर्य मान्न सकिन्छ। सुन त्जु, कौटिल्य, थुसिडाइड्स, प्लेटो, अरस्तु र सिसेरोजस्ता प्राचीन युगका दार्शनिकले पनि राज्यको हितका लागि गरिने कार्यलाई महत्त्व दिएका छन्। पदीय हिसाबले कूटनीतिक मर्यादामा रहेका विशिष्ट व्यक्तिले राज्यको हितका लागि समन्वय र सहकार्यका आधारमा अन्य देशसँग कुनै कार्य गर्छन् भने त्यो कूटनीति हो। तसर्थ, कूटनीतिक मर्यादामा रहेका महामहिमहरूले सम्बन्धित देशको संस्कार र संस्कृतिको सम्मान गर्दै जनस्तरमा समेत भावनात्मक सम्बन्ध विस्तार गर्नु कूटनीतिक चातुर्य मान्न सकिन्छ। राज्य सञ्चालनका अभिन्न अङ्गमा संलग्न स्वदेशी वा विदेशी पदाधिकारीले कुन सन्दर्भमा, कुन परिस्थितिमा कस्तो व्यवहार गरे, के बोले वा लेखे भन्ने कुराको वस्तुगत मूल्याङ्कन गर्न सक्ने सचेत नागरिकले मात्रै अरूको बहकाउमा नलागी राष्ट्रको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको पहरेदारी गर्न सक्छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सवारी दुर्घटना: १४ जनाको मृत्यु, १४७ घाइते
Latest NewsJust now

सवारी दुर्घटना: १४ जनाको मृत्यु, १४७ घाइते

गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ४७ जना घाइते भएका प्रहरीले जनाएको छ।  दुर्घटनामा परेर झापा, उदयपुर, सुनसरी, रौतहट, चितवन, कास्की, कपिलवस्तु, दाङ, रुपन्देही, बझाङ, कञ्चनपुर र बैतडीमा गरेर १४ जनाको मृत्यु भएको हो।  दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा १० जना घाइते... ...

नेपालखबर
आईक्याप सम्मेलनमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विनोद चौधरीको सम्बोधन
Latest NewsJust now

आईक्याप सम्मेलनमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विनोद चौधरीको सम्बोधन

नेपाली कांग्रेसका उपसभापति विनोद चौधरीले दक्षिण कोरियाको सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) मा नेपाली कांग्रेसका तर्फबाट सहभागी हुँदै सम्मेलनलाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रको सशक्तीकरण, लगानी आकर्षण र स्वदेशी उद्योगलाई विश्व बजारसँग जोड्नुपर्ने बताएका छन्। आईक्याप एसियाका वि... ...

नेपालखबर
लाछी जिउला : प्रकृति, पर्यटन र मार्सी धानको पहिचान
Latest NewsJust now

लाछी जिउला : प्रकृति, पर्यटन र मार्सी धानको पहिचान

प्रेमराज सिम्खडाकालीकोट, कात्तिक १९ गते। चारैतिर अग्ला पहाड, टाढा देखिने हिमशृङ्खला, बिचमा फैलिएको फराकिलो फाँट र सुन्दर ग्रामीण बस्ती। प्राकृतिक सौन्दर्यले भरिपूर्ण जुम्लाको तातोप... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play