Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

कुहिरो र सूर्योदय हेर्न मानुङकोट

Share:WhatsAppFacebookX (Twitter)Telegram
कुहिरो र सूर्योदय हेर्न मानुङकोट
Photo / Coverage: केन्द्रबिन्दु

दमौली(तनहु) । चिसो मौसमसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानुङकोटमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । बिहानको समयमा देखिने कुहिरोले ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्नका लागि यतिबेला मानुङकोटमा दैनिक पर्यटकको चहलपहल निकै बढेको हो । प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र बिहान देखिने कुहिरोको आकर्षणका कारण मानुङकोट पर्यटकको रोजाइमा पर्ने गरेको छ । पछिल्लो समय मौसम चिसो हुन थालेसँगै यहाँको वातावरण थप रमणीय बनेको छ । विशेषगरी बिहानको समयमा डाँडाबाट देखिने कुहिरो र वरपरका पहाडी दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनले दैनिक तीन÷चार सय पर्यटक मानुङकोट पुगेर दृश्यावलोकन गर्ने गरेको बताए । उनका अनुसार कतिपय पर्यटक अघिल्लो रात मानुङकोटमा बिताएर बिहान दृश्य हेरेर फर्किने गरेका छन् । स्थानीय व्यवसायी शैलेश सुनामका अनुसार पर्यटकको आगमन बढेसँगै स्थानीय व्यवसायमा पनि चहलपहल बढेको छ । पर्यटकको उपस्थितिले स्थानीय होटल तथा अन्य व्यवसायलाई लाभ पुग्ने उनले बताए । मानुङकोटबाट देखिने कुहिरो र सूर्योदयले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गरेको छ । त्यहाँबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिनेछ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रशासनिक सेवा लिन घुइँबारीका बासिन्दालाई रातभरको यात्रा
Latest NewsJust now

प्रशासनिक सेवा लिन घुइँबारीका बासिन्दालाई रातभरको यात्रा

भौगोलिक रूपमा जिल्ला सदरमुकामबाट टाढा रहेको घुइँबारीबाट प्रशासन कार्यालय पुग्न उनलाई सल्यानकै बाटो सहज छैन। बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै सुर्खेतको बाटो पार गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ। ...

कान्तिपुर
नेपालविरुद्ध यूएईको सुरुवात कमजोर, पाँच ओभरमै गुमायो दुई विकेट
Latest NewsJust now

नेपालविरुद्ध यूएईको सुरुवात कमजोर, पाँच ओभरमै गुमायो दुई विकेट

काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत नेपालविरुद्धको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सुरुवाती पाँच ओभरमा दुई विकेट गुमाएर २५ रन बनाएको छ। दोहामा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। नेपालका लागि राशिद खानले दुई दशमलव दुई ओभर बलिङ गर्दै चार रन खर्चेर एक विकेट लिएका छन्। नन्दन यादवले तीन ओभरमा २१ रन खर्चिएका ...

केन्द्रबिन्दु
मधेशका मुख्यमन्त्री भन्छन्- ‘सर्वदलीय सरकार बनाउँछु’
Latest NewsJust now

मधेशका मुख्यमन्त्री भन्छन्- ‘सर्वदलीय सरकार बनाउँछु’

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने दाबी गरेका छन् । ...

कान्तिपुर
प्रधानमन्त्रीको स्वागतमा सजियो दिल्ली (फोटो फिचर)
Latest NewsJust now

प्रधानमन्त्रीको स्वागतमा सजियो दिल्ली (फोटो फिचर)

प्रधानमन्त्री बालेन शाहको स्वागतमा भारतको राजधानी नयाँदिल्ली सजाइएको छ। दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डासहित दुवै देशका प्रधामन्त्रीहरूको तस्बिर समेत राखिएको छ । The post प्रधानमन्त्रीको स्वागतमा सजियो दिल्ली (फोटो फिचर) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal. ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play