Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

कुवेतमा ड्रोन आक्रमणको चेतावनी, हवाई रक्षा प्रणाली सक्रिय

Share:WhatsAppFacebookX (Twitter)Telegram
कुवेतमा ड्रोन आक्रमणको चेतावनी, हवाई रक्षा प्रणाली सक्रिय
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कुवेती सेनाले देशको हवाई रक्षा प्रणालीले शत्रुतापूर्ण ड्रोन आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ। कुवेतको सेनाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै हवाई रक्षा प्रणालीले अहिले ड्रोन आक्रमणको सामना गरिरहेको बताएको हो। कुवेती सेनाको जनरल स्टाफका अनुसार सुनिएका विस्फोटका आवाज हवाई रक्षा प्रणालीले आक्रमण रोक्ने क्रममा भएका हुन्। बीबीसी फारसीका अनुसार इरानी सञ्चारमाध्यमले ‘अरब स्रोत’लाई उद्धृत गर्दै कुवेतमा विभिन्न स्थानमा विस्फोट भएको खबर दिएका छन्। यसअघि पछिल्ला केही दिनमा इरानले बहराइनस्थित अमेरिकी राडार केन्द्रमा आक्रमण गरेको घोषणा गरेको थियो। खाडी क्षेत्रका केशम र सिरिकलगायत तटीय क्षेत्रमा अमेरिकाले गरेको हवाई आक्रमणको जवाफमा ती आक्रमण गरिएको इरानको भनाइ थियो। इरानले आफ्नो भूमिमा आक्रमण भए क्षेत्रीय मुलुकहरूमा रहेका र त्यसभन्दा बाहिरका अमेरिकी सैन्य अखडालाई समेत निशाना बनाउन सक्ने चेतावनी दिँदै आएको छ। बीबीसी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ग्लेन क्लोज, रिड्ले स्कट र फ्लोयड नोर्मान गभर्नर्स अवार्ड्सबाट सम्मानित
Latest NewsJust now

ग्लेन क्लोज, रिड्ले स्कट र फ्लोयड नोर्मान गभर्नर्स अवार्ड्सबाट सम्मानित

लस एन्जलस । विश्व चलचित्र जगत्को सबैभन्दा प्रतिष्ठित मानिने ‘एकेडेमी अवार्ड्स’ (ओस्कर) को प्रतिस्पर्धामा आठ पटकसम्म मनोनयनमा परेर पनि रित्तो हात फर्कनुपरेकी अभिनेत्री ग्लेन क्लोजका लागि अन्ततः त्यो क्षण आइपुग्यो, जसको प्रतीक्षा उनले वर्षौंदेखि गरिरहेकी थिइन् । आइतबार साँझ लस एन्जलसस्थित ‘रे डल्बी बलरुम’ मा आयोजित १८ औं वार्षिक ‘गभर्नर्स अवार्ड्स’ को भव्य समारोहमा ७९ वर्षीया क्लोजलाई जब जोन माल्कोभिचले ‘अनरेरी ...

केन्द्रबिन्दु
हवाई उडान र बन्दरगाहबारे छलफल गर्न आग्रह
Latest NewsJust now

हवाई उडान र बन्दरगाहबारे छलफल गर्न आग्रह

सिराज खान बाँके, मङ्सिर २ गते । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान, सुक्खा बन्दरगाह, रेलमार्गको पहुँचलगायतका विषयलाई एजेन्डा बन... ...

गोरखापत्र
बालेनसँग भारत भ्रमणमा २ मन्त्री मात्रै जाने, प्रतिनिधिमण्डल २५ जनामा झारियो
Latest NewsJust now

बालेनसँग भारत भ्रमणमा २ मन्त्री मात्रै जाने, प्रतिनिधिमण्डल २५ जनामा झारियो

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा जाने प्रतिनिधिमण्डलको टोली सानो र सीमित बनाइने भएको छ । भ्रमणका क्रममा सुरक्षा तथा प्रोटोकलमा खटिने जनशक्तिबाहेक करिब २५ जनाको प्रतिनिधिमण्डल मात्र भारत जाने भएको छ। भ्रमणमा सहभागी हुने मन्त्रीहरूको संख्या पनि घटाएर दुई जनामा सीमित गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। प्रधानमन्त्री शाहसँग परराष्ट्रमन्त्री र ऊर्जामन्त्री मात्र […] ...

काठमाण्डुपाटी
एन्टिबायोटिकको दुरुपयोग रोक्न सबै क्षेत्रको सहकार्य आवश्यक छ : महानिर्देशक भट्टराई
Latest NewsJust now

एन्टिबायोटिकको दुरुपयोग रोक्न सबै क्षेत्रको सहकार्य आवश्यक छ : महानिर्देशक भट्टराई

काठमाडौँ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको बढ्दो दुरुपयोग र प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) नियन्त्रणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह,... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play