काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पास्थित सिरक–डसना उद्योगमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आइतबार दिउँसो करिब २ः३० बजे आगलागी भएको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको देखिएको छ। आगलागीबाट उद्योगमा रहेका तीनवटा मेसिन तथा गोदाममा भण्डारण गरिएका सिरक–डसना जलेर क्षति पुगेको उद्योग सञ्चालक चौधरीले जानकारी दिए। उनका अनुसार आगलागीबाट २० देखि २५ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।
कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखको क्षति

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






