Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीचको सहकार्य निरन्तर रहने

Share:WhatsAppFacebookX (Twitter)Telegram
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीचको सहकार्य निरन्तर रहने
Photo / Coverage: पर्दाफास

किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ता–गुरुग्रामबीच भएको चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित ¥याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको सहकार्यको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मुटु विज्ञान तथा छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपलब्धि, प्रविधि र उपचार पद्धतिबारे विशेषज्ञ चिकित्सकबीच ज्ञान, सीप तथा अनुभव आदानप्रदान गरिएको थियो। कार्यक्रममा भारतका प्रख्यात मुटु शल्यचिकित्सक तथा मेदान्ता अस्पताल समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक पद्मभूषण डा. नरेश त्रेहान प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए। उनले मुटु उपचारमा कृत्रिम बौद्धिकताको प्रयोगसम्बन्धी ‘एआई इन कार्डियाक केयर’ विषयमा प्रस्तुति दिएका थिए। त्यसैगरी, मेदान्ता इन्स्टिच्युट अफ चेस्ट सर्जरीका अध्यक्ष डा. अरविन्द कुमारले छाती शल्यचिकित्सासम्बन्धी आधुनिक प्रविधि र उपचार पद्धतिबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रा.डा. रमेश कोइराला र डा. सम्पूर्णमान तुलाधरले कार्यक्रमको अध्यक्षता गरेका थिए। किस्ट शिक्षण अस्पताल र मेदान्ताबीचको सहकार्यले नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको अस्पतालले जनाएको छ। यस सहकार्यमार्फत नेपाली बिरामीले किस्ट शिक्षण अस्पतालबाटै मेदान्ताका अनुभवी विशेषज्ञ चिकित्सकसँग दोस्रो चिकित्सकीय राय (सेकेन्ड मेडिकल ओपिनियन) तथा दूरचिकित्सा सेवा (टेलिमेडिसिन कन्सल्टेसन) लिन सक्ने सुविधा उपलब्ध छ। यस सुविधाले जटिल स्वास्थ्य समस्याको उपचारका लागि विशेषज्ञ परामर्श लिन भारत जानुपर्ने बाध्यता, समय र खर्च न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास अस्पतालले लिएको छ। किस्ट शिक्षण अस्पतालले आधुनिक उपचार पूर्वाधार, विशेषज्ञ चिकित्सकीय सेवा तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँगको सहकार्यलाई थप सुदृढ बनाउँदै नेपाली बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘झोले युग’ अन्त्य गर्ने रविको घोषणा, पार्टी कार्यक्रममा अब झोलाको सट्टा फाइल
OthersJust now

‘झोले युग’ अन्त्य गर्ने रविको घोषणा, पार्टी कार्यक्रममा अब झोलाको सट्टा फाइल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएको झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने अभियान सुरु गरेका छन् । शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनेर आलोचना गर्ने प्रवृत्तिबाट बाहिर निस्कन पार्टीले नयाँ अभ्यास सुरु गर्न लागेको बताए । उनले राजनीतिक दलको विचार, सिद्धान्त, ...

पर्दाफास
स्पेननजिकै समुद्रमा अलपत्र डुङ्गामा १५ आप्रवासीको शव फेला, इन्जिन बिग्रिँदा तीन दिन फसेका थिए १०० जना
OthersJust now

स्पेननजिकै समुद्रमा अलपत्र डुङ्गामा १५ आप्रवासीको शव फेला, इन्जिन बिग्रिँदा तीन दिन फसेका थिए १०० जना

१२ मंसिर, काठमाडौं । स्पेनको क्यानरी आइल्यान्ड्सनजिकै शुक्रबार समुद्रमा आप्रवासी सवार एउटा डुङ्गामा १५ जनाको शव फेला परेको छ। डुङ्गाको इन्जिन खराब भएपछि करिब १०० जना आप्रवासी तीन दिनसम्म समुद्रमै अलपत्र परेका थिए। स्पेनी सञ्चारमाध्यमका अनुसार अलपत्र परेको अवधिमा खानेकुरा र पिउने पानी सकिएपछि केही यात्रुले तिर्खा मेट्न समुद्रको नुनिलो पानी पिएका थिए। यसका कारण… ...

अनलाइन खबर
कमब्याक होस् त गरिमाको जस्तो !
OthersJust now

कमब्याक होस् त गरिमाको जस्तो !

राजेश हमाल, सरोज खनाल, रमेश उप्रेती, दिलीप रायमाझी, गौरी मल्ल, निरुता सिंह र विपना थापासम्म नेपाली फिल्म क्षेत्रबाट टाढिएर पुनः फर्किएका केही प्रतिनिधि नाम हुन् । कोही विदेश पलायन भएर कालान्तरमा नेपाली फिल्म क्षेत्रमा फर्किए त कोही विवाहपछि अभिनयबाट टाढिए । कोही भने नेपालमै रहेर पनि फिल्म अभिनयबाट टाढिएका थिए । तर, समयक्रममा उनीहरू फेरि फिल्म क्षेत्रमा फर्किए । यद्यपि, उनीहरूमध्ये ...

पर्दाफास
देउवा समूहको महाधिवेशन : महामन्त्रीका आकांक्षी खुल्दै
OthersJust now

देउवा समूहको महाधिवेशन : महामन्त्रीका आकांक्षी खुल्दै

देउवा समूहले जिल्ला र प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिरहेका बेला नेताहरू महामन्त्रीमा उम्मेदवारी दिने आन्तरिक तयारीमा जुटेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement