Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

किसानको बाली जोगाउन प्रहरी खेतमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
किसानको बाली जोगाउन प्रहरी खेतमा
Photo / Coverage: पर्दाफास

झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि धान काट्न जुटेका छन् । मेचीनगर नगरपालिका–४ बाहुनडाँगी क्षेत्रमा आइतबार हात्ती प्रभावित स्थान तथा सीमानाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसानको संयुक्त सहभागितामा धान काटिएको हो । यसअघि हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने प्रतिबद्धता जनाउँदै किसानलाई ढिला नगरी बाली भित्र्याउन आग्रह गरेका थिए । प्रशासनको उक्त निर्देशन र स्थानीय किसानको आग्रहअनुसार हात्ती प्रभावित क्षेत्रमा धान काट्ने कार्यक्रम सञ्चालन गरिएको हो । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हात्तीको निरन्तर आवागमनले किसानको पाकेको धानबालीमा क्षति पुग्ने जोखिम बढेपछि सबै पक्षको सहभागितामा बाली भित्र्याउने कामलाई तीव्रता दिइएको हो । ‘हात्तीको जोखिमका कारण किसान आफ्नो पाकेको बाली भित्र्याउन समस्यामा छन् । त्यसैले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधि सबै मिलेर धान काट्ने अभियान सञ्चालन गरेका हौँ, वडाध्यक्ष कार्कीले भने, किसानको बाली सुरक्षित रूपमा भित्र्याउन र हात्तीबाट हुनसक्ने क्षति कम गर्न सबै पक्षबीच सहकार्य आवश्यक छ ।’ हात्तीबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नुका साथै कृषि उपज जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । धान काट्ने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दाले संयुक्त रूपमा काम गरेका थिए । यसअघि शुक्रबार बिहान बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली बाहुनडाँगी पुगेको थियो । अनुगमनका क्रममा किसानले कम्तीमा पाँच दिन हात्तीको प्रवेश नियन्त्रण गर्नसके पाकेको धान सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए । किसानको माग सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले थप सुरक्षा जनशक्ति परिचालन गरी स्थानीय समुदायसँगको समन्वयमा हात्तीको प्रवेश नियन्त्रण गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए । प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गरेर हात्तीको आवागमन नियन्त्रण गर्ने तथा किसानलाई सुरक्षित रूपमा बाली भित्र्याउने वातावरण बनाउने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राजर्षि जनक विश्वविद्यालय : शैक्षिक कार्यक्रम विस्तार, ६ हजार विद्यार्थी भर्ना गर्ने लक्ष्य
OthersJust now

राजर्षि जनक विश्वविद्यालय : शैक्षिक कार्यक्रम विस्तार, ६ हजार विद्यार्थी भर्ना गर्ने लक्ष्य

राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. श्याम नारायण लाभ र रजिस्ट्रार डा. जीवन काफ्लेले आफ्नो १०० दिने प्रगति विवरण सार्वजनिक गरेका छन् । ...

अनलाइन खबर
कांग्रेस देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल
OthersJust now

कांग्रेस देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल

३० कात्तिक, तेह्रथुम । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल चयन भएका छन् । आइतबार सदरमुकाम म्याङलुङमा भएको अधिवेशनबाट जिल्ला सचिवमा जगन्नाथ दङ्गाल सहित २९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । ...

अनलाइन खबर
कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह- ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’
OthersJust now

कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह- ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचकता अपनाउन र रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन् । कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै पक्षको सहमति र सम्झौताबिना सामूहिक सफलता सम्भव नहुने बताए । “प्रत्येक पक्षबाट सम्झौता र सहमति नभएसम्म सामूहिक सफलता सम्भव छैन”, उनले भने, “प्रत्येक देशको आफ्नै धारणा ...

पर्दाफास
छठघाटमा पूजा सामग्री कुर्न बसेका वृद्धको शंकास्पद मृ*त्यु
OthersJust now

छठघाटमा पूजा सामग्री कुर्न बसेका वृद्धको शंकास्पद मृ*त्यु

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण भएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा राति एक्लै पूजा सामग्री कुरेर बसेका उनको शंकास्पद मृत्यु भएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play