Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

किर्ते हस्ताक्षर गरेर गाउँसभाबाट बजेट पारित गराएको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
किर्ते हस्ताक्षर गरेर गाउँसभाबाट बजेट पारित गराएको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष पक्राउ
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १ । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय पक्राउ पर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ मानपुर बजारबाट घर फर्किंदै गर्नुभएका अध्यक्ष रायलाई पक्राउ गरेको हो। गाउँसभाको निर्णय पारित गराउने क्रममा किर्ते हस्ताक्षर गरेको आरोपमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उहाँलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अध्यक्ष रायमाथि आर्थिक वर्ष २०८०/८१ को गाउँसभामा वडा नम्बर २ बाट निर्वाचित वडा सदस्य सुनैना सहनीको हस्ताक्षर किर्ते गरी बजेट पारित गराएको आरोप लागेको छ। गाउँसभाको बैठकमा बजेटसम्बन्धी निर्णयका क्रममा मत बराबर भएपछि अध्यक्ष रायले वडा सदस्य सहनीको हस्ताक्षर किर्ते गरेर बजेट पारित गराएको आरोप लगाइएको छ। यस विषयलाई लिएर गाउँपालिकाकी उपाध्यक्ष सरिता कुमारी पक्षले अध्यक्ष रायविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। अध्यक्ष राय र उपाध्यक्ष सरिता कुमारी दुवै जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ। किर्ते हस्ताक्षरसम्बन्धी आरोपमा पक्राउ पर्नुभएका अध्यक्ष रायमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गुल्मीमा प्रहरीका इन्स्पेक्टर केसी निवासमै मृत फेला
OthersJust now

गुल्मीमा प्रहरीका इन्स्पेक्टर केसी निवासमै मृत फेला

काठमाण्डु – जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत कुमार केसी मृत भेटिएका छन् । मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय परिसरस्थित सिनियर अधिकृत निवास (क्वार्टर) मा अचेत भेटिएका केसीलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । बिहान साढे ९ बजेसम्म पनि उनी नउठेपछि खोजी गर्न क्वार्टर पुगेका प्रहरी कर्मचारीले उनलाई अचेत अवस्थामा […] ...

काठमाण्डुपाटी
सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट
OthersJust now

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष महामहिम बियाट्रिस पिरोनले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटका क्रममा सभामुख अर्यालले नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको उल्लेख गर्दै फ्रान्ससँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व प्रदान गर्ने बताए । उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै फ्रान्सेली लगानीकर्तालाई ...

पर्दाफास
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा
OthersJust now

प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नभएको तथा पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको विषयलाई लिएर आन्दोलन घोषणा गरेको हो । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ...

पर्दाफास
एनपीएलमा पुगे २४ अर्धशतक
OthersJust now

एनपीएलमा पुगे २४ अर्धशतक

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतकको संख्या २४ पुगेको छ । लुम्बिनी लायन्सका निरोशन डिककोइलाले सुदूरपश्चिमविरूद्ध अर्धशतक प्रहार गरेसंगै अर्धशतकको संख्या २४ पुगेको हो । जारी एनपीएलमा हालसम्म २४ अर्धशतक र एक शतक प्रहार भएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै युवराज साम्रा, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play