Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

किभस्टारले गिगाक्लाउडका लागि ५ करोड डलर खर्च गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
किभस्टारले गिगाक्लाउडका लागि ५ करोड डलर खर्च गर्ने
Photo / Coverage: टेक्नोलोजी खबर

युक्रेनी दूरसञ्चार कम्पनी किभस्टारले क्लाउड सेवा प्रदायक कम्पनी गिगाक्लाउडलाई अधिग्रहण गर्ने सहमति गरेको छ। यस सम्झौताले किभस्टारको व्यावसायिक ग्राहकलाई दिइने सेवाको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। किभमा मुख्यालय रहेको गिगाक्लाउडले पाँचवटा डेटा सेन्टर सञ्चालन गर्दै आएको छ। तीमध्ये तीनवटा युक्रेनमा र दुईवटा पोल्यान्डमा छन्। कम्पनीका १ हजार ८०० भन्दा बढी ग्राहक छन्, जसले कुल १ करोड ८० लाख गिगाबाइट डेटा गिगाक्लाउडलाई जिम्मा दिएका छन्। सन् २०२५ मा कम्पनीले १ करोड ४० लाख डलर आम्दानी गरेको थियो भने ब्याज, कर, मूल्यह्रास र परिशोधनअघिको आम्दानी (इबीआईटीडीए) ४७ लाख डलर थियो। यो कुल आम्दानीको करिब ३४ प्रतिशत हो। टेलिकम्स डटकमका अनुसार जुलाईमा गिगाक्लाउडले सार्वभौम क्लाउड सेवाहरूको समूह सार्वजनिक गरेको थियो। रुससँग युद्ध गरिरहेको युक्रेनका लागि यस्ता सेवा विशेष महत्वपूर्ण छन्। यसका साथै युक्रेनले अमेरिकाको सरकारको बढ्दो अनिश्चित व्यवहारको पनि सामना गर्नुपरिरहेको छ। गिगाक्लाउडका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक नाजारी कुरोच्कोले भने, “हामीले ग्राहकको विश्वास र आफ्नो टोलीको विशेषज्ञताका आधारमा गिगाक्लाउड निर्माण गरेका हौँ। किभस्टारसँग मिलेर हामी आफ्नो पूर्वाधारमा लगानी तीव्र बनाउन, बजार विस्तार गर्न र ग्राहकले अपेक्षा गरेअनुसार उच्च गुणस्तरका सेवा उपलब्ध गराउन सक्षम हुनेछौँ।” सम्झौताअनुसार किभस्टारले ४ करोड १० लाख डलर नगद भुक्तानी गर्नेछ। यसबाहेक समायोजन गर्न नमिल्ने स्थगित ऋणका रूपमा थप ४० लाख डलरसम्म भुक्तानी गर्नेछ। कम्पनीले कार्यसम्पादनका आधारमा थप ३० लाख डलर र पुँजीगत खर्चबापत सम्भावित २० लाख डलर भुक्तानी गर्ने प्रस्ताव पनि गरेको छ। किभस्टारका अध्यक्ष ओलेक्सान्द्र कोमारोभले भने, “गिगाक्लाउडले किभस्टारलाई स्थापित क्लाउड व्यवसाय, क्लाउड इन्जिनियरिङको विशेषज्ञता, अनुसन्धान तथा विकास क्षमता र अनुभवी टोली उपलब्ध गराउनेछ।” “यी क्षमतालाई हाम्रो कनेक्टिभिटी, ग्राहकसम्मको पहुँच र लगानी गर्ने क्षमतासँग जोडेर हामी थप व्यवसायलाई आफ्नो सञ्चालन आधुनिक बनाउन र ठूलो व्यावसायिक प्रविधि व्यवसाय निर्माण गर्न सहयोग गर्न सक्छौँ। यो अधिग्रहणले युक्रेनको दीर्घकालीन पूर्वाधार आवश्यकतालाई समर्थन गर्दै हाम्रो डिजिटल रणनीतिलाई अघि बढाउनेछ।” सेवाहरूलाई एकीकृत प्याकेजमा उपलब्ध गराउनेबाहेक दुवै कम्पनीबीच अन्य ठूलो एकीकरणको योजना देखिएको छैन। किभस्टारका अनुसार गिगाक्लाउड समूहअन्तर्गत छुट्टै व्यावसायिक एकाइका रूपमा सञ्चालन हुनेछ। यसले आफ्नो ब्रान्ड र व्यवस्थापन टोली कायम राख्नेछ, जसमा संस्थापकहरू पनि रहनेछन्। सेवा स्तर र व्यावसायिक सर्तसहित विद्यमान ग्राहक सम्झौताहरूमा कुनै परिवर्तन गरिने छैन। किभस्टारले आफ्नै पूर्वाधारमार्फत क्लाउड सेवा उपलब्ध गराउँदै आएको छ। यसका साथै कम्पनी माइक्रोसफ्ट एज्योरको पुनःविक्रेता पनि हो। दुवै कम्पनीका सेवाबीच उल्लेख्य समानता छ। गिगाक्लाउड अधिग्रहणपछि पनि हालकै ढाँचामा सञ्चालन हुने हो भने यसले आफ्नो मूल कम्पनीसँगै एउटै व्यावसायिक ग्राहक समूहका लागि प्रतिस्पर्धा गरिरहने देखिन्छ। किभस्टारको मातृ कम्पनी भिओनका प्रमुख कार्यकारी अधिकृत कान तेर्जिओग्लुले भने, “डिजिटल पूर्वाधारको अन्तिम उद्देश्य मानिसहरू नै हुन्। यसमा व्यवसाय निर्माण गर्ने उद्यमी, सार्वजनिक सेवा प्रदान गर्ने टोली र ती सेवामा निर्भर परिवारहरू पर्छन्। किभस्टारले गिगाक्लाउडलाई अधिग्रहण गर्दा युक्रेनलाई निरन्तर विकास गर्न र त्यहाँका नागरिकलाई अझ राम्रो अवसर उपलब्ध गराउन आवश्यक सुरक्षित तथा भरपर्दो आधार बलियो हुनेछ।” The post किभस्टारले गिगाक्लाउडका लागि ५ करोड डलर खर्च गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओपनएआईले नयाँ लगानी चरणको लक्ष्य घटाएको रिपोर्ट
TechnologyJust now

ओपनएआईले नयाँ लगानी चरणको लक्ष्य घटाएको रिपोर्ट

विभिन्न सञ्चारमाध्यमका समाचारअनुसार ओपनएआईको पछिल्लो लगानी संकलन चरण अपेक्षाअनुसार अघि बढिरहेको छैन। यसअघि ओपनएआईले प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) को तयारी गर्दै १.४ ट्रिलियन डलर मूल्याङ्कनमा ३० अर्ब डलर लगानी जुटाउन लागेको समाचार सार्वजनिक भएको थियो। त्यसपछि कम्पनीको मूल्याङ्कन १.२५ ट्रिलियन डलर हुने गरी ३० अर्ब डलर जुटाउने तयारी भइरहेको खबर आएको थियो। तर द फाइनान्सियल टाइम्स ले शुक्रबार प्रकाशित गरेको समाचारअनुसार ...

टेक्नोलोजी खबर
गुगलको डाटा सेन्टर निर्माणका लागि वन क्षेत्र सफा गरेको विषयमा फिनल्यान्डमा अनुसन्धान सुरु
TechnologyJust now

गुगलको डाटा सेन्टर निर्माणका लागि वन क्षेत्र सफा गरेको विषयमा फिनल्यान्डमा अनुसन्धान सुरु

फिनल्यान्डको उत्तरी क्षेत्रमा निर्माण गर्न लागिएको गुगलको डाटा सेन्टरका लागि वन क्षेत्र सफा गर्ने क्रममा वातावरणसम्बन्धी कानुन उल्लङ्घन भएको आशंकामा प्रहरीले बिहीबार आपराधिक अनुसन्धान सुरु गरेको जनाएको छ। यो परियोजना गुगलको मातृ कम्पनी अल्फाबेटले गत महिना घोषणा गरेको फिनल्यान्डमा कृत्रिम बुद्धिमता पूर्वाधार निर्माणका लागि १५ अर्ब डलर लगानी गर्ने योजनाको हिस्सा हो। अमेरिकी कम्पनी गुगलले यसलाई युरोपमा आफ्नो अहिलेसम्मकै ठूलो लगानी ...

टेक्नोलोजी खबर
एप्पलका सीईओ भन्छन्– ‘एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ’
TechnologyJust now

एप्पलका सीईओ भन्छन्– ‘एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ’

एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन टर्नसले वायर्डका स्टिभन लेभीसँग हालै भएको अन्तर्वार्तामा कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा कम्पनीको वर्तमान अवस्थाको बचाउ गरेका छन्। पछिल्ला दुई वर्षमा एप्पल एआईको विकासमा अन्य कम्पनीभन्दा पछाडि रहेको भन्दै आलोचना हुँदै आएको छ। विशेषगरी, कम्पनीले अझ सक्षम सिरि सार्वजनिक गर्न ढिलाइ गरेको थियो। अन्ततः यसै गर्मीयाममा एप्पलले सिरिको नयाँ संस्करण सार्वजनिक गरेको थियो। रोयटर्सका अनुसार सेप्टेम्बरको ...

टेक्नोलोजी खबर
किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी
TechnologyJust now

किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी

मेटाले फेसबुकमा किशोरकिशोरीले आत्महत्या वा आत्महानिसम्बन्धी सामग्री पटकपटक खोजेमा उनीहरूका अभिभावकलाई सूचना दिने भएको छ। सम्भावित जोखिमको पहिचान समयमै गरी अभिभावकलाई आफ्ना सन्तानलाई आवश्यक सहयोग उपलब्ध गराउन सक्षम बनाउने उद्देश्यले कम्पनीले यस्तो व्यवस्था गर्न लागेको हो। नयाँ प्रणाली मेटाका अभिभावकीय निगरानी सुविधामार्फत सञ्चालन हुनेछ। यसमा फेसबुक, इन्स्टाग्राम र मेसेन्जरका साथै मेटा एआईसँगका कुराकानीमा किशोरकिशोरीले गर्ने गतिविधिसमेत समेटिने कम्पनीले जनाएको छ। टेलिग्राफका अनुसार ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play