Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

किन कसैलाई सुत्नुअघि केही खाऊँखाऊँ जस्तो लाग्छ? के यो 'चिन्ताजनक' हो?

Share:WhatsAppFacebookX (Twitter)Telegram
किन कसैलाई सुत्नुअघि केही खाऊँखाऊँ जस्तो लाग्छ? के यो 'चिन्ताजनक' हो?
Photo / Coverage: बीबीसी नेपाली

Getty Images तपाईँले रातिको खाना खाइसक्नुभएको छ, पेट टम्म भरिएको छ। तथापि खाना खाएको आधा घण्टापछि भान्सामा केही खानेकुरा खोज्न थाल्नुहुन्छ। यो अवस्थासँग परिचित हुनुहुन्छ?रातिको खाना खाइसकेपछि पनि १८ देखि २४ वर्ष उमेरका एकतिहाइ मानिसहरूले 'स्न्याक्स' खान खोज्छन् भन्ने कुरा अध्ययनले देखाएको छ। प्रत्येक पाँच जनामध्ये चार जनालाई यस्ता चिज नखाई बस्न गाह्रो हुन्छ।पोषणविद्‌ डा. क्रिस्टिन बेल्यूका अनुसार यो चिन्ताजनक कुरा हो। सुत्नुभन्दा दुई घण्टाअगाडि जति धेरै खानेकुरा खाइन्छ, तौल बढ्ने र मोटोपन हुने सम्भावना उति धेरै रहने प्रमाणतर्फ उनी सङ्केत गर्छिन्। 'स्न्याक्स'ले हाम्रो खाने तौरतरिका यसरी बदलेयी खानेकुरा खाँदा शरीरबाट निस्किन्छ 'आकर्षक गन्ध' उसो भए साँझतिर खाने इच्छा किन तीव्र हुन्छ? त्यो अवस्थामा हामी के गर्न सक्छौँ?खाने इच्छा साँझतिर उत्कर्षमा पुग्छसुत्नुअघि लामो समय हामी केही कुरा नखाई बस्छौँ। तर दिनमा हामी जति नै खाए पनि साँझतिर हाम्रो भोक स्वाभाविक रूपमा उत्कर्षमा पुग्छ।बाथ विश्वविद्यालयमा खाद्य पदार्थ र ऊर्जासँग शरीरको व्यवहारबारे अध्ययन गर्ने प्राध्यापक जेम्स बेट्सका अनुसार त्यसको कारण के हो भने 'हङ्गर होर्मोन' ग्रेलिन दिनको अन्त्यतिर निकै बढ्छ।"भोजनले त्यो कम हुन्छ। तर दिनको पहिलो खानापछि मात्र त्यस्तो हुन्छ, दिउँसोको अथवा रातिको खानापछि हुँदैन।"यद्यपि तपाईँ के खानुहुन्छ भन्ने कुराले पनि अर्थ राख्छ। प्रोटीन र फाइबरयुक्त तथा पर्याप्त मात्राको खानाले लामो समयसम्म सन्तुष्ट राख्छ।बेट्सका अनुसार पौष्टिक अथवा तृप्त बनाउने साँझको खाना नभएमा पछि कमजोर महसुस हुन्छ र मानिसहरूले 'स्न्याक्स' खोज्न थाल्छन्।अर्का थरी मानिसहरूका लागि राति भोकै उठ्ने डर एउटा उत्प्रेरक हो भने बानीले पनि त्यसमा भूमिका निर्वाह गर्छ।"यदि एउटै सेटिङमा पटकटक स्न्याक्स खानुहुन्छ भने वरपरका सङ्केतहरूले भोक बढाउन सक्छन्," बर्मिङ्गम विश्वविद्यालयस्थित भोकविशेषज्ञ प्राध्यापक सुजेन हिग्स भन्छिन्।उदाहरणका लागि, यदि कसैले टीभी हेर्दै 'स्न्याक्स' खान्छ भने टीभी खोल्दा पनि खान मन लाग्न सक्छ।"गुलियो कुरा किन खाऊँखाऊँ लाग्छ?दिनको अन्त्यतिर भोकको इच्छा मात्रै बढ्ने गर्दैन। अध्ययनअनुसार उच्च क्यालरीयुक्त खानेकुराको तलतल पनि अझ बढ्दै जान्छ। त्यो साँच्चै ऊर्जाको आवश्यकताले नभई मस्तिष्कले शरीरलाई पुरस्कृत गर्ने प्रणालीले गर्दा हुन्छ।"कम बोसो भएका खानेकुराको तुलनामा बढी बोसो भएका खानेकुरा हामीलाई दिनको पछिल्लो समयमा बढी मन पर्न र खान मन लाग्न थाल्छ," क्यानडाको मोन्कटन विश्वविद्यालय र ब्रिटेनको लीड्स विश्वविद्यालय दुवैमा कार्यरत प्राध्यापक बेल्यू भन्छिन्।"खानाबाट प्राप्त हुने आनन्दको यो चाहनाले पेट भरिएको सङ्केतलाई समेत बेवास्ता गराउन सक्छ। त्यसैले पेट भरिसकेको भए पनि हामीलाई केही स्न्याक्स खाने अथवा मिठाई खाने इच्छा हुन सक्छ।"साँझको पेटभरि खाना खाइसकेपछि पनि चिनी, बोसो वा नुनको मात्रा बढी भएका खानेकुराले मस्तिष्कले शरीरलाई पुरस्कृत गर्नेसम्बन्धी स्नायु प्रणालीलाई सक्रिय बनाइरहन सक्छन्। यसले धेरै मानिसलाई थप केही खानेकुरा खान मन लाग्नुको कारण बुझ्न मद्दत गर्छ।त्यसैले राति ९ बजे बिस्कुटको बट्टाअगाडि उभिएर बिस्कुट खान खोज्दै हुनुहुन्छ भने त्यसलाई इच्छाशक्तिको कमी मात्रै नठान्नुहोस्। तपाईँको शरीरको जैविक प्रणाली नै त्यसको पक्षमा छैन। खानेकुरा बिस्तारै खाँदा यस्तो फाइदा हुन सक्छ हिजोआज निकै चर्चामा रहेको माचा चिया पिउँदा हुने फाइदा 'स्न्याक्स' खानाले निदाउन गाह्रो हुन्छ?त्यससम्बन्धी प्रमाणहरू मिश्रित छन्। तर धेरै मात्रामा ढिलो भोजन गर्दा त्यसले पाचनप्रक्रिया र शरीरले गर्ने निद्राको नियमित तयारीलाई निश्चित रूपमा प्रभावित पार्छ।स्न्याक्स खानाले के हुन्छ? यसबारे अनुसन्धानले स्पष्ट बोलेको पाइँदैन।ह्वाइट ब्रेडदेखि सेता चामल, बिस्कुट र केकसम्ममा प्रयोग गरिने प्रशोधित कार्बोहाइड्रेट र थप चिनीले निद्रामा समस्या निम्त्याउन सक्ने केही प्रमाण छन्।अनुसन्धानकर्ताहरूका अनुसार त्यसो हुनुका कारण त्यस्ता खानेकुराले शरीरमा 'सूगर'को मात्रामा ठूलो हेरफेर निम्त्याउँछन् र तिनले निद्रा तथा भोकसँग सम्बन्धित होर्मोनका सङ्केतहरूलाई प्रभावित पार्न सक्छन्।यद्यपि कारण र असरलाई बेवास्ता गर्न कठिन हुन्छ। कम सुत्ने मानिसहरू स्न्याक्स अथवा चिनीयुक्त खानेकुराप्रति बढी आकर्षित हुन सक्छन्।"कम निद्राले खानेकुराप्रति इच्छा मात्रै बढाउँदैन, बरु उच्च ऊर्जायुक्त खानेकुराको चाहना पनि बढाउँछ," सरी विश्वविद्यालयका निद्रा तथा शारीरिक दिनचर्यासम्बन्धी विशेषज्ञ प्राध्यापक जोनाथन जन्स्टन भन्छन्।साँझ अबेरतिर स्न्याक्स खाँदा त्यसले निद्रा बिथोल्छ कि बिथोल्दैन भन्ने निष्कर्ष निकाल्न गाह्रो कुरा भएको बेट्स बताउँछन्।"प्रमाण स्पष्ट छैन र सुत्नुअघि खाइने फरकफरक खानेकुराप्रति कतिपय मान्छेले अरूभन्दा फरक तरिकाले प्रतिक्रिया जनाउँछन् भन्ने देखिन्छ।"स्वस्थ तरिकाले कसरी स्न्याक्स खाने AFP via Getty Images विश्वका धेरै भागहरूमा स्न्याक्सले कुल क्यालरी सेवनमा उल्लेखनीय योगदान पुर्‍याउँछन् सबैभन्दा पहिला कुन कुराले स्न्याक्स खान प्रेरित गर्छ भनी पत्ता लगाउनुहोस्। यदि तपाईँलाई साँच्चिकै भोक लागेको छ भने बिहान अडिलो खाना खानुहोस्। यदि स्न्याक्स खाने बानी परेको छ भने दिनचर्यामा परिवर्तन ल्याउनुहोस् र स्न्याक्सबारे पहिल्यै योजना बनाउनुहोस्। "टीभी हेर्दै खानुजसरी अन्यत्र ध्यान दिएर खाने बानीका कारण मान्छेले धेरै खान्छन् किनकि त्यसरी खाँदा आफूले कति खाएँ भने ध्यान हुँदैन," हिग्स भन्छिन्।तर बेल्यूका अनुसार साँझतिर स्न्याक्स पूर्ण रूपमा खान बन्द गर्न आवश्यक छैन। आफूलाई मन पर्ने खाना उपयुक्त मात्रामा खाँदा प्रायः त्यसले राम्रै गर्छ। फलफूल र दहीजस्ता स्वस्थकर विकल्पहरू सधैँ राख्नुहोस्। कहिलेकाहीँ अलिकति चकलेट खाँदा खासै हानि हुँदैन। "कहिलेकाहीँ थोरै मात्रामा मन पर्ने खाने कुरा खाँदा ठिकै हो।"सबैभन्दा महत्त्वपूर्ण कुरा स्वस्थकर विकल्पमा बानी पार्न उनी सुझाउँछिन्।"यदि तपाईँको भान्सामा तपाईँलाई मन पर्ने खानेकुरा हुँदैन र त्यसको साटो कुनै स्वस्थकर विकल्प हुन्छ भने त्यसको अर्थ तपाईँले स्वस्थकर विकल्प रोज्ने सम्भावना बढी हुन्छ।" आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?अमिल्याइएका खानेकुरा के साँच्चै स्वास्थ्यका लागि राम्रो हुन्छन्? बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कालीकोटको शैक्षिक सम्मेलनबाट १९ बुँदे प्रतिबद्धता
Latest NewsJust now

कालीकोटको शैक्षिक सम्मेलनबाट १९ बुँदे प्रतिबद्धता

जिल्लाको समग्र शैक्षिक अवस्थामाथि छलफल गरेर केही स्थानीय तहले गरेका उत्कृष्ट अभ्यास सबैले अनुसरण गर्न सम्मेलनका सहभागीले प्रतिबद्धता गरे । ...

कान्तिपुर
जापानबाट फर्किएर किवीखेतीमा भविष्य खोज्दै लीलाबहादुर घर्ती
Latest NewsJust now

जापानबाट फर्किएर किवीखेतीमा भविष्य खोज्दै लीलाबहादुर घर्ती

बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगे पनि आफ्नै गाउँमा सुरु गरेको कृषि व्यवसायको मोहले उनलाई लामो समय विदेश बस्न दिएन । जापानको रोजगारी छाडेर फर्किएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारीखेती र पशुपालन व्यवसाय विस्तारमा जुटेका छन् । ...

केन्द्रबिन्दु
अस्ट्रेलियामा नेपालीको संख्या पाँच गुणाले वृद्धि, नेपालमा जन्मिएर अस्ट्रेलिया बस्नेको संख्या २ लाख १३ हजार नाघ्यो !
Latest NewsJust now

अस्ट्रेलियामा नेपालीको संख्या पाँच गुणाले वृद्धि, नेपालमा जन्मिएर अस्ट्रेलिया बस्नेको संख्या २ लाख १३ हजार नाघ्यो !

काठमाडौँ । अस्ट्रेलियामा नेपाली समुदायको विस्तार तीव्र गतिमा भइरहेको छ । पछिल्लो अध्ययनले एक दशकको अवधिमा नेपालमा जन्मिएर अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या झन्डै पाँच गुणाले वृद्धि भएको देखाएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)को सन् २०२६ मा सार्वजनिक अध्ययनअनुसार सन् २०२५ जुनसम्म अस्ट्रेलियामा नेपालमा जन्मिएका २ लाख १३ हजार ५८० जना बसोबास गरिरहेका छन् । अध्ययनले सन् २०१४ ...

अर्थ सरोकार
विकासले ल्याएको परिवर्तन, हराए सबै पुराना बजार
Latest NewsJust now

विकासले ल्याएको परिवर्तन, हराए सबै पुराना बजार

पर्वत समाचारदाता पर्वत, मङ्सिर १३ गते । कुनै समय निकै चहलपहल हुने पर्वतका केही पुराना बजारहरू अहिले सुनसान अवस्थामा छन् । सडक सञ्जाल विस्तारसँगै पैदलमार्ग विस्थापित हुनु, गाउँ गाउँ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement