काठमाडौँ। आगामी बुधबारदेखि पोखरामा आयोजना हुने ‘प्रथम किङ्ज कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ तयारी प्रायः पूरा भएको छ। युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा हुने प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक थमन गुरुङले राससलाई जानकारी दिए। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल प्रहरी क्लब, गण्डकी प्रदेश, कोशी प्रदेश र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गर्ने जानकारी दिँदै उनले विजयी टोलीले रु चार लाख नगद पुरस्कार पाउने बताए। त्यसैगरी, उपविजेतालाई दुई लाख ५० हजार, तेस्रो हुनेलाई एक लाख र सान्त्वना पुरस्कार ५० हजार प्रदान गरिने छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई २० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि जनही रु १० हजार प्रदान गरिने छ।
‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा कास्की

Read Complete Original Article
Published originally on नेपालन्युज






