Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु
Photo / Coverage: कर्पोरट खबर

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे लामो झरना खोलामा कार खस्दा एक भारतीय नागरिकको मृत्यु भएको छ। बुधबार दिउँसो झरनाबाट फर्किने क्रममा पश्चिम बंगालको नम्बर प्लेट भएको डब्लुबी ०२ एपी ३४५८ नम्बरको कार अनियन्त्रित भई खोलामा खसेको थियो । दुर्घटनामा कार चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको साथबाट भारतको पश्चिम बंगालस्थित कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन गायेनको राहदानी फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाका बेला कारमा चालक मात्र सवार थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । The post कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एरिका गुरुङलाई यात्रा रनको तीन लाख सहयोग
Latest NewsJust now

एरिका गुरुङलाई यात्रा रनको तीन लाख सहयोग

अस्ट्रेलियाको सिड्नीस्थित यात्रा रन क्लबले एरिकाको खेल विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालित अभियानबाट उक्त रकम जुटाएको हो । ...

कान्तिपुर
निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त
Latest NewsJust now

निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त कार्यकारी अधिकृत भण्डारीलाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गरेका छन्। नियुक्तिपत्र प्रदान गर्... ...

नेपालखबर
बिर्तामोडमा आगलागी, ६ करोड बराबरको क्षति
Latest NewsJust now

बिर्तामोडमा आगलागी, ६ करोड बराबरको क्षति

भद्रपुर । झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब रु छ करोड बराबरको क्षति भएको छ । आगलागीबाट इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । बिर्तामोड... ...

रातोपाटी
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा भाइटिकाको शुभ साइत सार्वजनिक
Latest NewsJust now

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा भाइटिकाको शुभ साइत सार्वजनिक

काठमाडौं।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०८३ सालको तिहारका अवसरमा विभिन्न देशमा मनाइने भाइटिकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिको बुधबार बसेको बैठकले स्थानीय समयअनुसार विभिन्न मुलुकमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि उक्त साइत निर्धारण गरेको हो। समितिका अनुसार नेपालमा कात्तिक २५ गते बिहान ११:०७ बजे भाइटिकाको उत्तम साइत जुरेको छ। त्यस्तै, भारतको दिल्लीमा ११ नोभेम्बर २०२६ को बिहान ११:२१ बजे र भुटानको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play