Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

कामना सेवा विकास बैंकद्वारा टेम्पु तथा सिटी सफारी चालकलाई २०० डस्टबिन वितरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
कामना सेवा विकास बैंकद्वारा टेम्पु तथा सिटी सफारी चालकलाई २०० डस्टबिन वितरण
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले धरानमा सञ्चालित टेम्पु तथा सिटी सफारी चालकलाई २०० थान डस्टबिन वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत धरान शाखामार्फत धरान उपमहानगरपालिका–१२ क्षेत्रमा सञ्चालनमा रहेका टेम्पु तथा सिटी सफारी चालकलाई डस्टबिन वितरण गरेको हो। बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायी संघका अध्यक्ष मिनकुमार श्रेष्ठ तथा धरान उपमहानगरपालिका–१२ का कार्यवाहक वडाध्यक्ष आयन्द्रविक्रम बेघाको उपस्थितिमा डस्टबिन हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भुसालले स्वच्छ वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको बताए। सार्वजनिक यातायातका साधनमा डस्टबिन राख्दा फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्नुका साथै यात्रुमा सरसफाइप्रति सकारात्मक सन्देश प्रवाह हुने उनको विश्वास थियो। यातायात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले टेम्पु तथा सिटी सफारीमा यात्रा गर्ने यात्रुलाई जथाभावी फोहोर नफाल्न प्रोत्साहित गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताए। नगरको स्वच्छता र वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले बैंकलाई धन्यवादसमेत दिए। बैंकले आफ्नो व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सचेतना तथा सामुदायिक हितका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुक्खा पहिरो खस्दा दिन्द्रुक खोला थुनिएर ताल बन्यो
Latest NewsJust now

सुक्खा पहिरो खस्दा दिन्द्रुक खोला थुनिएर ताल बन्यो

अस्मिता सिंखडागोरखा, कात्तिक २० गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका –१ साम्दोमा सुक्खा पहिरो खसेर दिन्द्रुक खोला थुनिएर ताल बनेको छ । लार्केबजारबाट करिब २ दशमलव ५ किलोमिटर उ... ...

गोरखापत्र
तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति
Latest NewsJust now

तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएका छन् । बोर्डले बिहीबार र शुक्रबार गरेर तीन कम्पनीको आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो । बोर्डले दुईवटा जलविद्युत् र एउटा उत्पादन तथा प्रशोधन समूहका लागि निष्कासन अनुमति दिएको हो । जसमा हिम पर्वत हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि कुल सेयरको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार ...

कर्पोरट खबर
सडक विभागका महानिर्देशक जैसी भन्छन्- ‘जोखिम क्षेत्रमा जथाभाबी बेलिब्रिज राख्नु घातक’
Latest NewsJust now

सडक विभागका महानिर्देशक जैसी भन्छन्- ‘जोखिम क्षेत्रमा जथाभाबी बेलिब्रिज राख्नु घातक’

सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा सडक विभागका महानिर्देशक विजय जैसीले बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुने बताए । ...

कान्तिपुर
वन्यजन्तुको जोखिम घटाउन चेतावनी प्रणाली
Latest NewsJust now

वन्यजन्तुको जोखिम घटाउन चेतावनी प्रणाली

काठमाडाैँ। काश्मीरमा भालुको आक्रमणमा आमाको मृत्यु भएपछि भारतीय सफ्टवेयर इन्जिनियर मुदासिर अलीले हिमालय क्षेत्रमा वन्यजन्तुको जोखिमबाट मानिसलाई जोगाउन अनलाइन पूर्वचेतावनी प्रणाली विकास गरेका छन्। ३३ वर्षीय अलीले ‘वाइल्डपिङ’ नामक निःशुल्क वेबसाइट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play