Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब

Share:WhatsAppFacebookX (Twitter)Telegram
कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव ०८ प्रतिशत हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण रु २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रहेकामा कात्तिक मसान्तसम्ममा विनिमय दरमा भएको नाफासहित ऋण दायित्व घटेर रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख कायम भएको हो । कार्यालयको प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ०७ प्रतिशत रहेको छ । जसअनुसार कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण दायित्व रु १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख पुगेको छ भने आन्तरिक ऋण दायित्व रु १४ खर्ब ४७ करोड ५९ लाख रहेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल रु छ खर्ब ५८ अर्ब २८ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । त्यसमा कात्तिक मसान्तसम्म रु एक खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख ऋण प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको २३ दशमलव ३७ प्रतिशत हो । कुल ऋण परिचालनको लक्ष्यमा आन्तरिक ऋणतर्फ रु चार खर्ब १० अर्ब र वैदेशिक ऋणतर्फ रु दुई खर्ब ४८ अर्ब २८ करोड सात लाख रहेको छ । कात्तिक मसान्तसम्म आन्तरिक ऋणतर्फ रु एक खर्ब २५ अर्ब र वैदेशिक ऋणतर्फ रु २८ अर्ब ८४ करोड प्राप्त भएको छ । वार्षिक लक्ष्यका आधारमा आन्तरिक ऋण परिचालनको प्रगति ३० दशमलव ४९ प्रतिशत र वैदेशिक ऋण परिचालनको प्रगति ११ दशमलव ६२ प्रतिशत रहेको छ । प्राप्त कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१ दशमलव २५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८ दशमलव ७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सरकारले चालु आर्थिक वर्षमा परिचालन गर्ने लक्ष्य राखेको सार्वजनिक ऋणमध्ये अझै रु पाँच खर्ब चार अर्ब ४३ करोड ३५ लाख प्राप्त गर्न बाँकी छ । यसमध्ये आन्तरिक ऋणतर्फ रु दुई खर्ब ८५ अर्ब र वैदेशिक ऋणतर्फ रु दुई खर्ब १९ अर्ब ४३ करोड ३५ लाख परिचालन गर्न बाँकी रहेको छ । यसैगरी, सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा सरकारले चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड बराबर बजेट विनियोजन गरेको छ । जसमध्ये कात्तिक मसान्तसम्ममा रु एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख ऋण भुक्तानी भएको छ । यो वार्षिक विनियोजनको ३३ दशमलव ७३ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनको आधारमा चार महिनामा भएको ऋण सेवा खर्च दुई दशमलव १४ प्रतिशत रहेको छ । ऋण सेवा खर्चअन्तर्गत आन्तरिक ऋण भुक्तानीमा रु एक खर्ब १९ अर्ब १८ करोड ८२ लाख र वैदेशिक ऋण भुक्तानीमा रु २१ अर्ब ७४ करोड ७९ लाख खर्च भएको छ । आन्तरिक ऋण भुक्तानीका लागि वार्षिक रु तीन खर्ब २८ अर्ब १४ करोड बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्म ३६ दशमलव ३२ प्रतिशत खर्च भएको छ । यसअन्तर्गत आन्तरिक ऋणको साँवा भुक्तानीमा रु ९९ अर्ब ९४ करोड र ब्याज भुक्तानीमा रु १९ अर्ब २४ करोड ८२ लाख खर्च भएको छ । आन्तरिक ऋणको साँवा भुक्तानीमा वार्षिक विनियोजनको ४० दशमलव ६४ प्रतिशत र ब्याज भुक्तानीमा २३ दशमलव ४० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, वैदेशिक ऋण भुक्तानीका लागि विनियोजन गरिएको रु ८९ अर्ब ७४ करोड ७० लाखमध्ये कात्तिक मसान्तसम्म रु २१ अर्ब ७४ करोड ७९ लाख खर्च भएको छ । यो वार्षिक विनियोजनको २४ दशमलव २३ प्रतिशत हो । वैदेशिक ऋणको साँवा भुक्तानीमा रु १७ अर्ब ३८ करोड र ब्याज भुक्तानीमा रु चार अर्ब ३६ करोड ७९ लाख खर्च भएको छ । वैदेशिक ऋणको साँवा भुक्तानीमा वार्षिक बजेटको २४ दशमलव ०७ प्रतिशत र ब्याज भुक्तानीमा २४ दशमलव ९० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लागुऔषधसहित चार जना पक्राउ
Latest NewsJust now

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ चाबहिल क्षेत्रबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २६ वर्षीय सलमान तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ... ...

रातोपाटी
देउवा समूहको समानान्तर महाधिवेशन खुलामञ्चमा हुने
Latest NewsJust now

देउवा समूहको समानान्तर महाधिवेशन खुलामञ्चमा हुने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। समूहको महाधिवेशन आयोजक समितिको बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले केन्द्रीय महाधिवेशनका लागि खुलामञ्च छनोट गरिएको जानकारी दिएका हुन्। देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा आजदेखि बैठक बसिरहेको छ। बैठकमा पोखरेलले केन्द्रीय महाधिवेशन खुलामञ्चमा आयोजना गर्ने निर्णय भएको जानकारी गराएका थिए। उनका अनुसार निर्वाचन ...

केन्द्रबिन्दु
इरानी सेना अहिलेसम्मकै बलियो र तीव्र तयारी अवस्थामा रहेको आईआरजीसी प्रमुखको दाबी
Latest NewsJust now

इरानी सेना अहिलेसम्मकै बलियो र तीव्र तयारी अवस्थामा रहेको आईआरजीसी प्रमुखको दाबी

काठमाडौं– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का प्रमुख मेजर जनरल अहमद वाहिदीले इरानी सेना शत्रु शक्तिलाई प्रतिकार गर्न पहिलेभन्दा बढी सक्षम र तयारी अवस्थामा रहेको दाबी गरेका छन्। उनले इरानका विरोधीहरूले रणनीतिक रूपमा ठूलो धक्का व्यहोर्नुपरेको पनि बताएका छन्। समाचार संस्था आईएसएनएका अनुसार इरानले हालै लडेका युद्धसँग सम्बन्धित दस्तावेजहरूको प्रदर्शनी अवलोकन गर्ने क्रममा वाहिदीले यस्तो बताएका हुन्। उनले शत्रु पक्षले गम्भीर ...

विश्वखबर
अब भारतमा नेपालीले क्यूआर स्क्यान गरेरै भुक्तानी गर्न पाउने, एक महिनाभित्र सेवा सुरु हुने
Latest NewsJust now

अब भारतमा नेपालीले क्यूआर स्क्यान गरेरै भुक्तानी गर्न पाउने, एक महिनाभित्र सेवा सुरु हुने

काठमाडौं । भारत जाने नेपाली नागरिकले अब क्यूआर कोड स्क्यान गरेरै सामान तथा सेवाको भुक्तानी गर्न पाउने भएका छन् । नेपाल र भारतबीच आगामी एक महिनाभित्र अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको हो । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणपछि यस विषयमा दुई देशका भुक्तानी सेवा प्रदायकबीच छलफल भएको हो । नेपालको फोनपे […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement