Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

देउवा समूहको समानान्तर महाधिवेशन खुलामञ्चमा हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा समूहको समानान्तर महाधिवेशन खुलामञ्चमा हुने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। समूहको महाधिवेशन आयोजक समितिको बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले केन्द्रीय महाधिवेशनका लागि खुलामञ्च छनोट गरिएको जानकारी दिएका हुन्। देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा आजदेखि बैठक बसिरहेको छ। बैठकमा पोखरेलले केन्द्रीय महाधिवेशन खुलामञ्चमा आयोजना गर्ने निर्णय भएको जानकारी गराएका थिए। उनका अनुसार निर्वाचन प्रयोजनका लागि खुलामञ्चमै साना–साना निर्वाचन स्थल निर्माण गरी मतदान तथा निर्वाचन प्रक्रिया सञ्चालन गरिनेछ। पोखरेलले हालसम्म ५९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको जानकारी पनि दिएका छन्। बाँकी जिल्लाका अधिवेशन र प्रदेश अधिवेशनको मिति समेत तय भइसकेको उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आयातमा पेट्रोलियमको दबदबा, निर्यातमा खाने तेलको हिस्सा ५१ प्रतिशतभन्दा बढी
Latest NewsJust now

आयातमा पेट्रोलियमको दबदबा, निर्यातमा खाने तेलको हिस्सा ५१ प्रतिशतभन्दा बढी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुको सूचीमा पेट्रोलियम पदार्थ शीर्ष स्थानमा छ भने निर्याततर्फ खाने तेलजन्य पदार्थ अग्रस्थानमा छ... ...

रातोपाटी
दुई वर्षपछि आईपीएल लिलामीमा फर्किए बेन स्टोक्स, अधिकतम २ करोड भारु आधार मूल्य सूचीमा
Latest NewsJust now

दुई वर्षपछि आईपीएल लिलामीमा फर्किए बेन स्टोक्स, अधिकतम २ करोड भारु आधार मूल्य सूचीमा

नयाँ दिल्ली । इङ्ल्यान्डका पूर्वकप्तान बेन स्टोक्सले सन् २०२५ को मेगा लिलामीमा सहभागी नहुने निर्णय गरेको दुई वर्षपछि सन् २०२७ को इन्डियन प्रिमियर लिग (आईपीएल) लिलामीका लागि नाम दर्ता गराएका... ...

रातोपाटी
ब्रेक फेल भएर बस दुर्घटना, यात्रुहरू बालबाल बचे
Latest NewsJust now

ब्रेक फेल भएर बस दुर्घटना, यात्रुहरू बालबाल बचे

धनगढी । बझाङबाट धनगढीतर्फ आउँदै गरेको यात्रुवाहक बस ब्रेक फेल भएर बाजपानीमा दुर्घटनामा परेको छ। बस दुर्घटनामा परे पनि त्यसमा सवार सबै यात्रु भने बालबाल सकुशल बचेका छन्। प्राप्त जानकारीअनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो। दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। ...

केन्द्रबिन्दु
आईपीएल अक्सनमा १० नेपाली खेलाडी, कसले पाउलान् फ्रेन्चाइजको साथ ?
Latest NewsJust now

आईपीएल अक्सनमा १० नेपाली खेलाडी, कसले पाउलान् फ्रेन्चाइजको साथ ?

काठमाडौँ । विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन् । नेपालका लागि यो आफैँमा महत्त्वपूर्ण... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement