Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं हरर फिल्म फेष्ट : ‘केएनएआर’ उत्कृष्ट छोटो चलचित्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं हरर फिल्म फेष्ट : ‘केएनएआर’ उत्कृष्ट छोटो चलचित्र
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । काठमाडौं हरर फिल्म फेष्ट (केएचएफएफ)को दोस्रो संस्करण काठमाडौंस्थित रसियन हाउसमा चलचित्र प्रदर्शन तथा पुरस्कार वितरण समारोहसँगै सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा प्रतिकूल मौसमका बाबजुद दर्शकको उल्लेख्य उपस्थिति रह्यो । नेपालसहित विभिन्न देशका हरर तथा विधागत चलचित्रको प्रदर्शनमा दर्शकको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ । महोत्सवको प्रतिस्पर्धात्मक विधाअन्तर्गत नेपाली चलचित्र ‘केएनएआर’ले उत्कृष्ट छोटो चलचित्रको अवार्ड जितेको छ । आकाश धिमाल निर्देशित उक्त चलचित्र दर्शकको मतका आधारमा उत्कृष्ट घोषित भएको हो । त्यस्तै, नादिम ताबेत निर्देशित ‘इन दिस डार्कनेस आई सी यू’ उत्कृष्ट फिचर चलचित्र घोषित भएको छ । फ्रान्स, लेबनान, कतार र साउदी अरेबियाको संयुक्त निर्माण रहेको उक्त चलचित्रले पनि दर्शकको मतका आधारमा अवार्ड जितेको हो । महोत्सवको समापन चलचित्रका रूपमा मोराद मुस्तफा निर्देशित ‘आयशा कान्ट फ्लाई अवे’ प्रदर्शन गरिएको थियो । इजिप्ट, फ्रान्स, जर्मनी, साउदी अरेबिया र ट्युनिसियाको संयुक्त निर्माण रहेको १२० मिनेट लामो चलचित्रले इजिप्टको काइरोस्थित ऐन शम्स बस्तीमा बस्ने २६ वर्षीया अफ्रिकी आप्रवासी सेवाकर्मी आयशाको संघर्षपूर्ण जीवन प्रस्तुत गर्छ । आप्रवासी र स्थानीय समुदायबीचको तनाव तथा गिरोहको नियन्त्रणमा रहेको बस्तीमा आयशाले भोग्नुपरेका चुनौती चलचित्रका मुख्य विषय हुन् । समापन समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी दूतावासका मिनिस्टर काउन्सेलर तथा उपनियोग प्रमुख रिनचेन राक्शाएभ, पूर्वमन्त्री गणेश शाह, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभा तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठान (एनएफसीए) का अध्यक्ष केपी पाठकलगायतको उपस्थिति थियो । समारोहमा मन्तव्य दिँदै कुलपति खनालले नेपालमा हरर चलचित्रको प्रवर्द्धनका लागि गरिएको पहलको प्रशंसा गर्नुभयो । उहाँले महोत्सव आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै सहभागी विशिष्ट व्यक्तित्वहरूप्रति आभार व्यक्त गर्नुभयो । रुसी प्रतिनिधि र रसियन हाउसकी निर्देशक खोख्लोभाले चलचित्रका माध्यमबाट नेपाल र रुसबीचको सांस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महोत्सवका स्वयंसेवक तथा सहयोगीहरूलाई योगदानको कदर गर्दै प्रशंसापत्रसमेत प्रदान गरिएको थियो । सन् २०२५ मा २५ वटा चलचित्र प्रदर्शन गर्दै सुरु भएको काठमाडौं हरर फिल्म फेस्टले दोस्रो संस्करणमा आफ्नो दायरा विस्तार गरेको छ । यसवर्ष अन्तर्राष्ट्रिय खुला आह्वानमार्फत २१ देशका २६ चलचित्र छनोट गरिएका थिए । तीमध्ये आठवटा फिचर र १८ वटा छोटा चलचित्र थिए । छनोट भएका चलचित्रमध्ये पाँचवटा नेपाली निर्माण वा सहनिर्माणका थिए । नेपाल र अष्ट्रेलियाको सहनिर्माण रहेको फिचर चलचित्र ‘मोक्ष’ पनि महोत्सवमा समावेश थियो । कात्तिक १३ गते उद्घाटन भएको महोत्सवमा जापान, ब्राजिल, पाकिस्तान, फ्रान्स र रुसका कूटनीतिक प्रतिनिधिहरूको सहभागिताले यसको अन्तर्राष्ट्रिय सांस्कृतिक सम्बन्धलाई थप उजागर गरेको थियो । महोत्सव निर्देशक राशिक पाठकले दोस्रो संस्करणले नेपाली दर्शकमा हरर तथा अन्य विधागत चलचित्रप्रति उल्लेख्य रुचि रहेको प्रमाणित गरेको बताउनुभयो । उहाँका अनुसार हरर चलचित्र मनोरञ्जनमा मात्र सीमित नभई लोककथा, सामाजिक यथार्थ र पहिचानका विषयलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्ने प्रभावकारी माध्यमसमेत हो । पाठकले दर्शक, साझेदार, स्वयंसेवक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै हरर र विधागत कथावाचनमा काम गर्ने नेपाली चलचित्रकर्मीलाई अवसर प्रदान गर्न महोत्सवले निरन्तरता पाउने बताउनुभयो । नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सम्पन्न महोत्सवमा रसियन हाउस काठमाडौं स्थल साझेदार, सिनेमेकर्स सहयोगी साझेदार तथा आईएमई खल्ती टिकटिङ साझेदारका रूपमा रहेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकामा आज मध्यावधि निर्वाचन
Latest NewsJust now

अमेरिकामा आज मध्यावधि निर्वाचन

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १७ गते । अमेरिकामा मङ्गलबार (आज) मध्यावधि निर्वाचन हुँदै छ । यो निर्वाचनलाई वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनको लोकप्रियताको... ...

गोरखापत्र
वित्तीय संघीयता सुदृढीकरणका लागि प्रदेशहरूको १९ बुँदे साझा प्रतिबद्धता
Latest NewsJust now

वित्तीय संघीयता सुदृढीकरणका लागि प्रदेशहरूको १९ बुँदे साझा प्रतिबद्धता

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबार सम्पन्न प्रदेश आर्थिक मामिला परिषद्को बैठकले संघीय सरकारसँग वित्तीय समानीकरण अनुदानको संवैधानिक सुनिश्चितता गर्नेदेखि साना आयोजनामा संघीय हस्तक्षेप अन्त्य गर्नेसम्मका विषय समेटेर साझा प्रतिबद्धता जारी गरेको हो । ...

कान्तिपुर
पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ ।... ...

रातोपाटी
चम्काइदेऊ साइँला चमक्कै
Latest NewsJust now

चम्काइदेऊ साइँला चमक्कै

काठमाडौँ, कात्तिक १७ गते । सन्दीप राउत काठमाडौँ इन्द्रचोकको परम्परागत भाँडा पसलअघि धमाधम पित्तलका कलश चम्काउँदै भेटिनुभयो । अलिक वर अर्को पसलअघि विदुर नेपाल र अरुण थापा पनि आमनेसाम... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play