Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौं महानगरपालिकाकी प्रमुख सुनिता डंगोलले संघ, प्रदेश र सबै स्थानीय तहलाई जहाँजहाँ छौँ, त्यहाँत्यहाँबाट जलवायु कार्यको थालनी गरौँ भन्दै आह्वान गरेकी छिन् । जलवायुको विषय काठमाडौं एक्लैको विषय नभई सिङ्गो नेपाल र सिङ्गो पृथ्वीको विषय भएको भन्दै उहाँले ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ अभियानको उद्घाटनमा सम्वोधन गर्दै यस्तो आह्वान गरेकी हुन् । ‘म यहाँ आज काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको रुपमा मात्रै होइन एक नेपालको छोरी, नागरिकको रुपमा बोल्न चाहन्छु,’ उनले भनिन्, ‘हाम्रो राष्ट्र एउटै पृथ्वी, एउटै जलवायु अनि साझा पृथ्वीप्रति साझा जिम्वेवारी लिइरहेको विश्व समूदायको एक सदस्य हो ।’ उनले विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान न्युन रहे पनि जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र यसबाट ठूलो क्षति बेहोर्दै आएको पनि यहाँले स्मरण गराइन् । ‘जलवायु परिवर्तनले नत भौगोलिक सीमा चिन्छ, न उमेर चिन्छ, न वर्ग, लिङ्ग, समुदाय चिन्छ । यसले हरेक उमेर, पुस्ता, भूगोल र हरेक नागरिकसँग जोडिएको हुन्छ अनि प्रभाव पारिरहेको हुन्छ,’ उनले भनिन्, ‘नेपालका लागि यो वास्तविकता अझ विशेष छ । नेपाल हिमालको काखमा रहेको राज्य हो । विश्वभरी तापक्रम बढेकै कारणले गर्दा नेपालका हिमाल पग्लिरहेका छन् । हिमनदीहरु पग्लिरहेका छन् ।’ उनले जलवायुसँगै हामीले दिनहुँ भोग्ने मौसमी चक्र पनि परिवर्तन हुँदै गइरहेको र दिनहुँ जनजिवनमा प्रभाव परिरहेको पनि उल्लेख गरिन् । ‘हाम्रो समूदाय बाढीबाट पीडित भैरहको छ । यो सहर पनि यसबाट अछुतो छैन । हिमालमा हुने परिवर्तन हिमालमा मात्रै सिमित हुँदैनन्,’ उनले भनिन्, ‘ती हाम्रा नदीसँग, कृषि, जीवनशैलीसाग जोडिएको छ र लाखौँ नागरिकसँग पनि जोडिएको छ । त्यसैले हामी जहाँजहाँ छौँ, त्यहाँत्यहाँबाट जलवायु कार्यको थालनी गर्नुपर्ने अवस्था छ । त्यसैले हामीले ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ अभियान थालेको हो ।’ काठमाडौं महानगरपालिकाले ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ को उद्घाटनको अवसर पारेर आजै राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौंँ अभियान’को थालनी पनि गरेको छ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्तरुपमा ‘रिचार्ज काठमाडौंँ अभियान’को थालनी गरेका हुन् । अभियानको संयुक्त उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री श्रेष्ठ र मुख्यमन्त्री थापाले स्थानीय तहको पहलबाट भएको यो प्रयास प्रशंसनीय भएको भन्दै संघीय र प्रदेश सरकारको पनि सकारत्मक सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । कार्यवाहक मेयर डंगोलले अब पनि गरौँला–हेरौँला भनेर बस्ने समय नभएको भन्दै कार्यमै जानुपर्छ भनेर ‘कार्य सप्ताह’ भनेको भन्दै काठमाडौं महानगरपालिका भरिका विद्यालयहरुमा कहाँ–कहाँ रिचार्ज गर्न सकिन्छ भनेर अनुसन्धान गरिसकेका कारण त्यहिअनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । ‘काठमाडौंमा रिचार्ज काठमाडौं अभियान हामीले हाम्रो घरबाट सुरुवात गरेका छौँ । यो अभियान हाम्रा वडा भवन, विद्यालय, पार्कमा बनाउँछौँ,’ उनले भनिन्, ‘म अनुरोध गर्न चाहन्छु । यो अभियान संघ, प्रदेश र अन्य स्थानीय तहसँग पनि सहकार्य गरेर अघि बढ्न हामी तयार छौँ । तपाईँहरुले तपाईँहरुका सरकारी भवन परिसरमा स्थान दिनुहोस् काठमाडौँ रिचार्ज अभियान त्यहाँ पनि पुर्याउँछौँ ।’ कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले बाल्यकालमा विष्णुमती र बागमती नदीको सफा पानी पिएको, नुहाएको र नदी किनारका हरिया खेत तथा चराचुरुङ्गीको चिरबिरबीच हुर्किएको अनुभव सुनाउँदै आफ्नै जीवनकालमा ती नदीहरू प्रदूषित र सङ्कटग्रस्त बन्दै गएको देख्दा आफू भावुक हुने गरेको स्मरण सुनाए । जथाभाबी कङ्क्रिटका संरचना बन्दा खेत, पोखरी र खुला जमिन मासिएको, सहरको तापक्रम बढेको, धुलो धुवाँले शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदा कालो हुँदै गएको र वर्षाको पानी सोस्ने जमिन नहुँदा बाढीको जोखिम भयावह बनेको उनको भनाई थियो । उहाँले पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो ब्युँताएर भूमिगत जलभण्डार जोगाउन भूमिका खेलेकोमा काठमाडौं महानगरपालिका, कार्यवाहक प्रमुख र वडा अध्यक्षहरूको भूमिकाको उनले प्रशंसा गरे । आजै भोटेकोशी बाढी प्रभावित जिल्ला नुवाकोटको विदुर नगरपालिका प्रमुखसँगै हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष , उपत्यका नागार्जुन, भक्तपुर, बुढानिलकण्ठ र चन्द्रागिरीका प्रमुख र तराईको बारा जिल्ला निजगढ नगरपालिकाका प्रमुखलाई एकै ठाउँ राखेर त्यहाँका वासिन्दाले भोग्नु परेको जलवायुको असरलगायतका विषयका अनुभव साझा गरेको छ । ‘कार्य सप्ताह’ एक हप्तासम्म सञ्चालन गर्ने महानगरपालिकाले जानकारी दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोदीले स्वीकारे नेपाल भ्रमणको निम्तो, कूटनीतिक माध्यमबाट मिति तय हुने
Latest NewsJust now

मोदीले स्वीकारे नेपाल भ्रमणको निम्तो, कूटनीतिक माध्यमबाट मिति तय हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्न प्रधानमन्त्री वालेन्द्र शाहले दिएको निमन्त्रणालाई स्वीकार गरेका छन्। भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए। शाहको निमन्त्रणालाई मोदीले स्वीकार गरेको जनाइएको छ।  उनको नेपाल भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट तय गरिने भएको स... ...

नेपालखबर
प्रधानमन्त्रीको भारत भ्रमण परम्परागतभन्दा खासै फरक देखिएन :  राजेन्द्र लिङ्देन
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमण परम्परागतभन्दा खासै फरक देखिएन :  राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमण परम्परागत भ्रमणहरू भन्दा भिन्न नरहेको टिप्पणी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले शाहको... ...

रातोपाटी
दुहबीमा फोहोर प्रशोधन केन्द्र बनाउन  प्रदेश सरकार र निफ्रा बिच सम्झौता, ५६ करोड लगानीको तयारी
Latest NewsJust now

दुहबीमा फोहोर प्रशोधन केन्द्र बनाउन  प्रदेश सरकार र निफ्रा बिच सम्झौता, ५६ करोड लगानीको तयारी

कोसी प्रदेशको पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा काम गर्ने गरी सुनसरीमा फोहोर प्रशोधन केन्द्र स्थापनाको लागि काम सुरु भएको छ। कोसी प्रदेश सरकार, प्रदेश लगानी प्राधिकरणको कार्यालय र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) बिच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ। विराटनगरमा सोमबार आयोजित कार्यक्रममा कोसी प्रदेश लगानी प्राधिकरणका ... ...

नेपालखबर
विभेद मेटाउँदै वीरगन्जको सात दशक पुरानो ‘लंगर’ परम्परा
Latest NewsJust now

विभेद मेटाउँदै वीरगन्जको सात दशक पुरानो ‘लंगर’ परम्परा

वीरगन्जको पावरहाउस चोकस्थित गुरुद्वारा साहेबमा सिख, हिन्दू, मुस्लिमलगायत समुदायका मानिस एउटै पंक्तिमा बसेर भोजन गर्छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement