Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
Photo / Coverage: पर्दाफास

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् । उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित ।’ आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले स्पष्ट पारेकी छन् । पूर्वशिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य बनेर शिक्षा क्षेत्रमा काम गरेकी थिइन् । उनको उम्मेदवारी घोषणासँगै आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरको नेतृत्वका लागि हुने प्रतिस्पर्धाबारे चर्चा सुरु भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपक्षीलाई ओलीले भने– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ
OthersJust now

विपक्षीलाई ओलीले भने– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुन: सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले यसअघि पनि आफ्नो पार्टी संघर्षकै मैदानबाट सरकारमा भएको भन्दै कसैको कृपाले नगएको जिकिर गरे । ‘संघर्षको मैदानबाट आएर… ...

अनलाइन खबर
प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत दलेलाको भेट, भारत भ्रमणबारे छलफल
OthersJust now

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत दलेलाको भेट, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएको र राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ...

अनलाइन खबर
ओलीको दाबी– आईजीपीले म, प्रचण्ड र देउवालाई थुनिदिन्छु भनेका छन्
OthersJust now

ओलीको दाबी– आईजीपीले म, प्रचण्ड र देउवालाई थुनिदिन्छु भनेका छन्

ओलीले भनेका छन्, ‘आईजीपी हुनेबित्तिकै होस्मा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोली त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ? यिनका । थुनिदिन्छु अरे ।’ ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play