Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताउनु भएको छ । उहाँले लेख्नुभएको छ, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित ।’ आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने निर्णय गरेको उहाँले स्पष्ट पार्नुभएको छ । पूर्वशिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य बनेर शिक्षा क्षेत्रमा काम गर्नुभएको छ । उहाँको उम्मेदवारी घोषणासँगै आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरको नेतृत्वका लागि हुने प्रतिस्पर्धाबारे चर्चा सुरु भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

• परराष्ट्रमन्त्री शिशिर खनालले तातोपानी नाका तत्काल खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गरेका छन्। • तातोपानी नाका काठमाडौँबाट सबैभन्दा नजिक रहेको र दुई मुलुकबीचको मित्रतापूर्ण सम्बन्धको प्रतीक भएको बताइएको छ। • भेटवार्तामा व्यापार, पूर्वाधार, जलवायु परिवर्तन र शिक्षा जस्ता विषयमा छलफल भएको छ। ...

नेपालबहस
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता
Latest NewsJust now

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले भेटवार्ता गरेका छन्।  बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटका क्रममा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिएका छन्।  त्यस्तै, प्रधानमन्त्री शाहले न... ...

नेपालखबर
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल
Latest NewsJust now

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मध्यान्न शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । यस्तै उनले नेपालमा आएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले […] ...

काठमाण्डुपाटी
भारतीय राजदूत दलेलाले भेटे प्रधानमन्त्री शाहलाई, भारत भ्रमणबारे छलफल
Latest NewsJust now

भारतीय राजदूत दलेलाले भेटे प्रधानमन्त्री शाहलाई, भारत भ्रमणबारे छलफल

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको हो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play