Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं जलवायु कार्य सप्ताह, ‘रिचार्ज काठमाडौं’ अभियानको थालनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं जलवायु कार्य सप्ताह, ‘रिचार्ज काठमाडौं’ अभियानको थालनी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ सुरु भएको छ । जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउने उद्देश्यले सोमबारदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि छलफल र विचारविमर्शमा मात्र सीमित नभई व्यवहारमै काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम सामना गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सप्ताहका कार्यक्रममार्फत तत्काल कार्यान्वयन गर्न सकिने कामलाई प्राथमिकता दिइने जानकारी दिनुभएको छ । सप्ताहको पहिलो दिन सोमबार राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौं अभियान’ सुरु गरिएको छ । अभियानअन्तर्गत जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नीतिगत तथा राजनीतिक नेतृत्व तहमा संवाद र स्थानीय तहका जनप्रतिनिधिबीच अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गरिएका छन् । साताव्यापी कार्यक्रमअन्तर्गत दोस्रो आज (मंगलबार) जलवायु वित्त तथा जलवायु अनुकूलन र उत्थानशील पूर्वाधार निर्माणका विषयमा विज्ञहरूसँग छलफल गरिँदै छ । तेस्रो दिन नागरिक विज्ञान, सम्पदा संरक्षण तथा जलवायु परिवर्तनका असरबारे विमर्श गरिने महानगरपालिकाले जनाएको छ । त्यस्तै, परम्परागत हिटी प्रणालीको संरक्षण, भूमिगत जल पुनःभरण, पानीको गुणस्तर परीक्षण तथा ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रालगायत कार्यक्रम पनि सञ्चालन गरिने जानकारी दिइएको छ । महानगरपालिकाका अनुसार सप्ताहका कार्यक्रममार्फत काठमाडौं उपत्यकालाई जलवायु उत्थानशील, समावेशी, स्वस्थ र बस्न योग्य सहरका रूपमा विकास गर्न साझा प्रयासको थालनी गरिनेछ । जलवायु परिवर्तनका चुनौतीबारे छलफल मात्र नभई त्यसको सामना गर्न विज्ञानमा आधारित तथा समुदायको सहभागितामा सञ्चालन गर्न सकिने कार्यहरूलाई व्यवहारमा उतार्ने लक्ष्य सप्ताहले लिएको छ । काठमाडौंको वातावरणीय संकटबाट स्थानीय तहले पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठउर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौंको वातावरणीय संकटबाट पाठ सिक्दै देशभरका स्थानीय तहलाई नदी, पोखरी र खुला क्षेत्र जोगाउन आग्रह गर्नुभएको छ । समस्या विकराल भएपछि पछुताउनुभन्दा नदी, पोखरी, खुला क्षेत्र र पानीका मुहान जोगाउन अहिल्यै कदम चाल्नुपर्ने उहाँको भनाइ छ । सोमबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौं क्लाइमेट एक्सन विक’ लाई सम्बोधन गर्दै श्रेष्ठले काठमाडौँले भोगेका बाढी, डुबान, अत्यधिक गर्मी र पानीका स्रोत सुक्ने समस्यालाई तीव्र रूपमा विस्तार भइरहेका अन्य सहरले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभएको हो । पुरिएका र अस्तित्व गुमाउने अवस्थामा पुगेका ढुंगेधारा तथा राजकुलोले वर्षाको पानी संकलन गरी भूमिगत जलस्रोत पुनर्भरण गर्ने र सहरको तापक्रम घटाउन सहयोग गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘बढ्दै गरेका सहर तथा नगरपालिकाहरूलाई म यही भन्न चाहन्छु, काठमाडौंले भोगेका समस्याहरूबाट पाठ सिक्नुहोस् । क्षति भइसकेपछि होइन, क्षति हुनुअघि नै सचेत हुनुहोस् र आफ्ना नदी, पोखरी र खुला जमिन जोगाउनुहोस् । हिटी र राजकुलोले वर्षाको पानी संकलन गर्ने र भूमिगत जलभण्डार पुनर्भरण गर्ने काम गर्थे । आधुनिक सहरलाई शीतल राख्न र बाढीको जोखिम कम गर्न ठ्याक्कै यस्तै प्रणालीको आवश्यकता पर्छ ।’ श्रेष्ठले काठमाडौं महानगरपालिकाले पछिल्लो चार वर्षमा ऐतिहासिक ढुंगेधारा (हिटी) पुनर्जीवनका लागि गरेको प्रयासको प्रशंसा गर्नुभएको छ । नदी व्यवस्थापनमा कंक्रिटका संरचनालाई मात्र विकल्प मान्न नहुने उल्लेख गर्दै श्रेष्ठले प्रकृतिमैत्री नदी व्यवस्थापनमा जोड दिनुभएको छ । उहाँले विष्णुद्वार, वागद्वार, नागार्जुन र गोदावरी क्षेत्रका जलाधार तथा पानीका मुहान संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । नदी किनारका बस्ती स्थानान्तरण गर्न तीनै तहका सरकार जुट्नुपर्छ : मुख्यमन्त्री थापाबागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नदी छेउमा रहेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले नदी किनारमा बनेका भौतिक संरचना र बस्तीलाई स्थानान्तरण गर्न आवश्यक भइसकेको उल्लेख गर्नुभएको हो । नदी छेउमा जलविद्युत् आयोजनाहरूलाई स्वीकृति दिँदा नदीमा माटो थुप्रिने गरी अनुमति दिन नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘भोटेकोशीको महाविपत्तिलाई हेरेर पनि नदी किनारमा रहेका भौतिक संरचना र बस्ती स्थानान्तरण गर्नु हामी तीन वटै तहका सरकारको महत्त्वपूर्ण जिम्मेवारी हो । यसो गर्न सके मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सक्छौँ । अब वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्दा नदीमा माटो जम्मा हुने गरी स्वीकृति दिनु हुँदैन र खोलानालाको क्षेत्रफल साँघुर्‍याउने काम गर्नु हुँदैन ।’ जलवायु परिवर्तन सारा पृथ्वीको साझा विषय हो : कार्यवाहक प्रमुख डंगोलकाठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तन नेपालको मात्र नभई सारा पृथ्वीको साझा विषय भएको बताउनुभएको छ । ‘काठमाडौं क्लाइमेट एक्सन विक’ समारोहलाई सम्बोधन गर्दै डंगोलले जलवायु परिवर्तनले भौगोलिक दूरी भन्दै सबैले साझा महत्त्व दिएर असर न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । विश्वको तापक्रम बढेकै कारण हिमाल पग्लिरहेको र हिमताल फुटिरहेको उल्लेख गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘जलवायु परिवर्तनको विषय सिंगो पृथ्वी र सिंगो नेपालको विषय हो, केवल काठमाडौँको मात्र होइन । यसले न भौगोलिक दूरी हेर्छ, न सीमा, क्षेत्र वा लिंग चिन्छ । यसले हरेक पुस्ता र हरेक भूगोललाई प्रभाव पारिरहेको हुन्छ । हामी हिमालको काखमा रहेको संवेदनशील मुलुक हौँ । विश्वको तापक्रम बढेकै कारण हिमाल पग्लिरहेका छन् र हिमताल फुटिरहेका छन् । हिमालमा हुने परिवर्तनले नदी, कृषि र लाखौँ मानिसको जीवनशैलीसँग प्रत्यक्ष प्रभाव पारेको छ ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने
Latest NewsJust now

आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने

• नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। • आज देशभर मौसम मुख्यतया सफा रहनेछ, तर राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बादल लाग्नेछ। • तराई, उपत्यका र खोँचहरूमा बिहान थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। ...

नेपालबहस
उग्रतारामा आज भव्य मेला लाग्दै
Latest NewsJust now

उग्रतारामा आज भव्य मेला लाग्दै

डडेल्धुरा। सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ। स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने गर्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि ...

नेपालन्युज
दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा

बर्दिया । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियामा सञ्चालन हुने टेनिस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बर्दियाको गुलरिया नगरपालिका–४ स्थित लन टेनिस कोर्टमा मंसिर ८ देखि १४ गतेसम्म टेनिस प्रतियोगिता सञ्चालन हुनेछ । २०८१ मंसिर १४ गते निर्माण सम्पन्न भई सञ्चालनमा आएको उक्त कोर्टमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा सात प्रदेश, तीन ...

हिमालय टाइम्स
प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा
Latest NewsJust now

प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा

लामो समयदेखि उच्च राजनीतिक तहमा अपेक्षित संवाद र सहकार्यको वातावरण नबनिरहेको सन्दर्भमा छिमेकीसँग सम्बन्ध सुधार र सहकार्य विस्तारलाई प्राथमिकता दिएको देखिनु स्वागतयोग्य छ । तर सम्बन्धको न्यानोपनलाई राष्ट्रिय र आर्थिक हितसँग जोडेर हेर्नु आवश्यक छ । भ्रमणबाट दुई देशका अर्थतन्त्र कति जोडिए भन्ने विषय आधुनिक कूटनीतिको मुख्य अंश हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement