काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले ९.४ ओभरमै १ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंले ६२ बल बाँकी छँदै जित निकालेको हो । काठमाडौंको जितमा डेभिड वार्नरले आक्रामक ब्याटिङ गर्दै अविजित ४४ रन बनाए । उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै विलियम बोसिस्टोले अविजित २३ रनको योगदान दिए । उनले २४ बलमा ३ चौका प्रहार गरे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्स ८३ रनमै समेटिएको थियो । विराटनगरले दिएको लक्ष्य काठमाडौंले सहजै पूरा गर्दै प्रतियोगितामा महत्वपूर्ण जित दर्ता गरेको हो ।
काठमाडौं गोर्खाजको शानदार जित, विराटनगर ९ विकेटले पराजित

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






