Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं उपत्यकाभित्र त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं उपत्यकाभित्र त्रिविको ७०५ रोपनी जग्गा फिर्ता
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौं उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, सङ्घ–संस्था तथा व्यक्तिद्वारा ओगटेको ७०५ रोपनी जग्गा फिर्ता ल्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविको सक्रियतापछि वर्षौंदेखि सम्झौताविपरीत प्रयोग भइरहेका, म्याद सकिएका र बिनास्वीकृति अतिक्रमण गरिएका विश्वविद्यालयका जग्गा फिर्ता ल्याइएको मन्त्री सस्मित पोखरेलले जानकारी दिए। त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन र आन्तरिक अभिलेखलाई मुख्य आधार बनाएर सञ्चालन गरिएको जग्गा फिर्ती अभियानका क्रममा काठमाडौँ उपत्यकाभित्र कब्जा गरी राखिएको जग्गाको लगत सङ्कलन गरिएको थियो। पैँतीस दिने समयसीमाभित्र अनधिकृत रूपमा सञ्चालनमा रहेका संरचना खाली गराउने र सम्झौता नवीकरण नभएका क्षेत्रहरूलाई विश्वविद्यालयको प्रत्यक्ष स्वामित्वमा ल्याउने काम तीव्रताका साथ अगाडि बढाइएको थियो। मन्त्रालयको अग्रसरता र त्रिवि प्रशासनको सक्रियताका कारण छ महिनाको छोटो अवधिमा ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याइएको हो। मन्त्री पोखरेलका अनुसार, फिर्ता ल्याइएको जग्गालाई विश्वविद्यालयको गुरुयोजनाअनुसार अत्याधुनिक प्रयोगशाला, अनुसन्धान केन्द्र, केन्द्रीय पुस्तकालय र शैक्षिक पूर्वाधार निर्माणमा उपयोग गर्ने तयारी त्रिविले गरेको छ। यसबाहेक फिर्ता आउन बाँकी रहेको जग्गाका लागि पनि काम भइरहेको मन्त्री पोखरेलले बताएका छन्।‘हामी सरकारमा आएपछि हडपिएका जग्गा फिर्ताको काममा सक्रियताका साथ लागेका थियौँ। आजसम्म काठमाडौँ उपत्यकाभित्र मात्र त्रिविको ७०५ रोपनी जग्गा फिर्ता भएको छ। उपत्यका बाहिरको हकमा पनि काम भइरहेको छ,’ मन्त्री पोखरेलले भने, ‘अब ती फिर्ता भएका जग्गाका हकमा अन्य शैक्षिक गतिविधि र त्यसका लागि आवश्यक पुर्वाधार निर्माण गर्छौं।’ रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै
Latest NewsJust now

कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै

जनकपुरधाम । तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले सडक सीमाभित्र निर्माण... ...

रातोपाटी
एनपीएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल
Latest NewsJust now

एनपीएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् । प्रतियोगिताका १३ खेल सम्पन्न... ...

रातोपाटी
एनपिएलमा नेपाली खेलाडीको दबदबा
Latest NewsJust now

एनपिएलमा नेपाली खेलाडीको दबदबा

काठमाडौं।काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुवाती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन्। प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन्। यसअघिका संस्करणमा सुरुवाती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा पाउने गरेकामा यस पटक नेपाली खेलाडीले पनि ब्याटिङ र बलिङमा निरन्तर ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play