काठमाडौं । काठमाडौंको सुन्दरीजलमा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्। गएराति भएको दुर्घटनामा सुनसरीको इटहरी घर भएका ४५ वर्षीय सन्तोष ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ। ढुंगाना बागमती प्रदेशको ९१५७ नम्बरको मोटरसाइकलका चालक हुन्। सोमबार राति ८ बजेतिर अर्को मोटरसाइकलमा ठोकिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकल चालकको नाम र मोटरसाइकल भने प्रहरीले सार्वजनिक गरेको छैन। ती चालकको पनि नेपाल मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौंमा २ मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु, अर्का गम्भीर घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





![तिहारका लागि काठमाडौं महानगरले कहाँकहाँ तोक्यो फूलमाला बिक्री गर्ने स्थान ? [सूचीसहित]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/sayapatri-03112026055359-watermarked.jpg)
