Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै
Photo / Coverage: पर्दाफास

मारवाडी समुदायको कला, संस्कृति, परम्परा, वेशभूषा तथा खानाका परिकारको संरक्षण, प्रदर्शन र प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘मारवाडी महोत्सव २०८३’ आयोजना हुने भएको छ । प्रेस्टिज इभेन्ट्स मारवाडी समाजको आयोजनामा आगामी मंसिर १२ गते शनिबार काठमाडौंको भृकुटीमण्डप बगैँचा क्षेत्रमा एकदिने महोत्सव आयोजना गर्न लागिएको हो । आयोजकले पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिँदै नेपालमा लामो समयदेखि बसोबास गर्दै आएको मारवाडी समुदायको मौलिक पहिचान, कला, संस्कृति र परम्परालाई आम सर्वसाधारणमाझ परिचित गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको जनाएको छ । महोत्सवमा मारवाडी समुदायको ऐतिहासिक पृष्ठभूमि, रहनसहन, रीतिरिवाज, चाडपर्व, परम्परागत पहिरन तथा खानाका विभिन्न परिकार प्रदर्शन गरिने आयोजकले जनाएको छ । त्यसैगरी, महोत्सवमा राजस्थानी लोकनृत्य, सूफी संगीत, अन्य सांगीतिक प्रस्तुति, लोकबाजा तथा कठपुतली नाचलगायत सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ । आयोजकका अनुसार नेपालमा मारवाडी समुदायले व्यापार तथा व्यवसायका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस समुदायले विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै मुलुकको राजस्व र आर्थिक गतिविधिमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । तर मारवाडी समुदायको कला, संस्कृति, खानपान, वेशभूषा र परम्पराबारे अन्य समुदायका मानिसलाई पर्याप्त जानकारी नभएकाले तिनको परिचय र प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । महोत्सवले विभिन्न समुदायबीच सांस्कृतिक आदानप्रदान, आपसी सद्भाव र सामाजिक एकता अभिवृद्धिमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । आयोजकले महोत्सवमा सर्वसाधारणको सहभागिताका लागि आग्रह गर्दै सञ्चारमाध्यमलाई पनि कार्यक्रमको प्रचारप्रसारमा सहयोग गर्न अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चीन-अफ्रिका विकास सहकार्यमा गरिबी न्यूनीकरण प्राथमिकतामा
OthersJust now

चीन-अफ्रिका विकास सहकार्यमा गरिबी न्यूनीकरण प्राथमिकतामा

चीनले गरिबी निवारणका क्षेत्रमा हासिल गरेको उपलब्धि अफ्रिकी मुलुक तथा विश्व दक्षिणका विकासशील राष्ट्रहरूका लागि दिगो विकास र आधुनिकीकरणको दिशामा उपयोगी अनुभव बन्न सक्ने विशेषज्ञहरूले बताएका छन् । ...

अनलाइन खबर
दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने
OthersJust now

दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । सोमबार रंगशालाको उद्घाटन एवम हस्तान्तरण गरिएको छ । प्रतिस्पर्धा मंगलबारदेखि हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन हुनुभन्दा आठ दिनअघि नै विभिन्न ६ खेलका प्रतिस्पर्धा सुरु हुन लागेका हुन् । खेल सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित खेलाडीहरू बन्द प्रशिक्षणमा जुटिरहेका ...

पर्दाफास
प्रधानमन्त्रीको भारत भ्रमणबारे सरकार– दुई देशको सम्बन्ध सकारात्मक लयमा फर्किएको छ
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणबारे सरकार– दुई देशको सम्बन्ध सकारात्मक लयमा फर्किएको छ

‘लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौं,’ खनालले भने । ...

अनलाइन खबर
खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन
OthersJust now

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन

एएनआईसँग कुरा गर्दै उनले हर्मुज जलघाँटी र कृष्ण सागर क्षेत्रका द्वन्द्वले मल तथा ऊर्जाको मूल्य बढाउँदा विश्वभरका किसान प्रभावित भएको बताएका हुन्। स्थानीय उत्पादन सुरक्षित भए विश्वव्यापी खाद्य सुरक्षा पनि बलियो हुने उनको भनाइ छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement