Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

काठमाडौंमा तीनदिने तिहार विशेष रैथाने मेला

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंमा तीनदिने तिहार विशेष रैथाने मेला
Photo / Coverage: नेपालन्युज

काठमाडाैं।नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यसहित सरकारले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ।सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत आजदेखि काठमाडौंको थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा तीनदिने मेला सुरु भएको छ। रैथाने उत्पादनको बजारीकरण, स्थानीय उद्यमीलाई प्रोत्साहन तथा परम्परागत खाद्य संस्कृति र उत्पादनको संरक्षणका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सहजीकरणमा मेला आयोजना गरिएको हो। मेलामा कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमी एवं स्थानीय उत्पादकले आफ्ना उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागि स्टल राखेका छन्। मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूल तथा माला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकलाका सामग्री, माटाका भाँडाकुँडा, रैथाने बाली, कृषि उपजलगायत स्वदेशी तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ। स्थानीय उत्पादनको पहिचान, प्रवर्द्धन र बजारीकरणका माध्यमबाट कृषक तथा साना उद्यमीको आर्थिक गतिविधि विस्तार गर्ने, महिला तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने र स्वदेशी उत्पादनको उपभोग बढाउने सरकारको लक्ष्य छ। साथै, आगामी दिनमा पनि साताको दुई दिन सार्वजनिक बिदाको समय उपयोग गर्दै सप्ताहान्तमा यस्ता कार्यक्रम सञ्चालन गरिनेछ। सरकारले यही अभ्यास र मोडेललाई देशका ७७ वटै जिल्लामा विस्तार गर्दै अघि बढाउने योजना बनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’
Latest NewsJust now

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

ललितपुर । रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण... ...

रातोपाटी
यस वर्षको तिहार गीत : ‘परदेशीको देउसी भैलो’देखि ‘बालेन सहर’सम्म
Latest NewsJust now

यस वर्षको तिहार गीत : ‘परदेशीको देउसी भैलो’देखि ‘बालेन सहर’सम्म

काठमाडौँ । उज्यालो र उमंगको पर्व तिहार नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा देउसी–भैलोका गीतहरूले छुट्टै रौनक ल्याएका छन् । दाजुभाइ र दिदीबहिनीबिचको प्रेम, झिलमिली बत्ती, सयपत्री र मखमली फूलको सुवाससँगै... ...

रातोपाटी
सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
Latest NewsJust now

सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

• पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। • आज बिहान करिब १०:०० बजे पहिरो खसेको र ट्राफिक प्रहरी कार्यालयले पहिरो पन्छाउने कार्य गरिरहेको छ। • थप पहिरो खसेन भने सडक छिट्टै सञ्चालनमा आउने अपेक्षा गरिएको छ। ...

नेपालबहस
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’
Latest NewsJust now

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

ललितपुर।रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी–त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ। तरङ्ग नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरिएको हो। कार्यक्रममा विपद् व्यवस्थापन, इन्जिनियरिङ, अनुसन्धान तथा विकास क्षेत्रका विज्ञ, विभिन्न संघसंस्थाका प्रतिनिधि, ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play