Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

काठमाडौंबाट हेटौँडा जाने यात्रुवाहक सवारीलाई नयाँ समय तालिका लागू

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंबाट हेटौँडा जाने यात्रुवाहक सवारीलाई नयाँ समय तालिका लागू
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । काठमाडौं–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार काठमाडौँबाट बल्खु, दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारी साधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोष्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ । उक्त रुटमा चल्ने यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारी साधन बिहान ५ बजेपछिमात्र बल्खुबाट छुट्न पाउनेछन् । यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारी साधनको प्राविधिक अवस्थाको पूर्ण जाँच गरेर मात्र सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ । जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले काठमाडौँ जिल्लाभित्रका उक्त रुटमा पर्ने प्रहरी यूनिटले कडाइका साथ भाडाका एवम् यात्रुवाहक प्रत्येक सवारी साधनको अनिवार्य रूपमा जाँच गर्ने निर्णय गरेको प्रजिअ पौडेलले जानकारी दिए । काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको माइक्रोबस बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा दुर्घटना हुँदा एकै परिवारका छसहित १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा छ जना घाइते भएका थिए । The post काठमाडौंबाट हेटौँडा जाने यात्रुवाहक सवारीलाई नयाँ समय तालिका लागू appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ
Latest NewsJust now

कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ

काठमाडौँ, कात्तिक २७ गते । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा कौडा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् ।गागलफेदीस्थित कुशुम छयाम्बा हाउस र होमस्टेमा जुवातास खेलिरहेको भ... ...

गोरखापत्र
दुर्घटनालगत्तै छानबिन प्रतिवेदन लेखिन्छन्, थन्किन्छन्, बिर्सिइन्छन्
Latest NewsJust now

दुर्घटनालगत्तै छानबिन प्रतिवेदन लेखिन्छन्, थन्किन्छन्, बिर्सिइन्छन्

ठूला सडक दुर्घटनासम्बन्धी अध्ययन समितिहरूले औंल्याउँछन्– सडकको दुरवस्था, चालकको लापरबाही, एउटै चालकले लामो दूरीको सवारीसाधन लगातार चलाउनु, चालकहरूबीच अस्वस्थ प्रतिस्पर्धा, सिट क्षमताभन्दा बढी यात्रु । हरेक पटक लगभग उस्तै कारक देखिनुले अध्ययन समितिको प्रतिवेदन प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रस्ट्याउँछ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play