काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौंको मेयरमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी हुन्। यद्यपि, उनले कुन राजनीतिक दलबाट निर्वाचन लड्ने वा स्वतन्त्र उम्मेदवार बन्ने भन्नेबारे खुलाएकी छैनन्। आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनको भनाइ छ। श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री हुन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा रहँदा उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। त्यसपछि उनी पार्टी राजनीतिबाट समेत निष्क्रिय बनेकी थिइन्।
काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






