काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले सुरुआतमै दुई विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ६.१ ओभरमा दुई विकेट गुमाएर ४० रन बनाएको छ । चितवनका लागि कमिल मिशारा १२ बलमा १९ रन बनाएर क्रिजमा छन् । उनले दुई छक्का प्रहार गरेका छन् । रवि बोपारा ९ बलमा दुई रन बनाएर खेलिरहेका छन् । काठमाडौंका करण केसीले उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिएका छन् । उनले दुई ओभरमा पाँच रन खर्चेर दुई विकेट हात पारेका छन् । सन्तोष यादवले १.१ ओभरमा १२ रन दिएका छन् । चितवनका डेभिड मलान एक बलमा शून्य रन बनाएर आउट भएका थिए । उनी ३.२ ओभरमा २२ रन हुँदा दोस्रो विकेटका रूपमा पवेलियन फर्किएका थिए ।
काठमाडौंको कसिलो बलिङसामु चितवनको कमजोर सुरुआत

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






