काठमाडौं।काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकै शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२-०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक कञ्चनपुरको बेलौरी घर भएका अन्दाजी २५ वर्षीय रमेश चौधरीको मृत्यु भएको छ। प्रहरीका अनुसार घाइते चौधरीको उपचारका क्रममा शुक्रबार साँझ ७ बजे मृत्यु भएको हो। सोही मोटरसाइकलमा सवार कञ्चनपुरको पुनर्वास नगरपालिका-६ घर भई हाल काठमाडौँको कीर्तिपुर बस्ने ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका छन्। प्रहरीले वाइबाको अवस्था मध्यम रहेको जानकारी दिएको छ। दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज






