काठमाडौँ। काठमाडौँका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरमा सार्वजनिक मर्यादाविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा १४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा १३ महिला र एक पुरुष रहेका छन्। व्यावसायिक मर्यादाविपरीतका कार्यमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँका स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






