काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले काठमाडौँ गोर्खाजलाई २२५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो । यो एनपीएलको तिनै सिजनमा अहिलेसम्म कुनै पनि टिमले बनाएको अहिलेसम्मको ठुलो टोटल हो । पोखराका लागि कुशल भुर्तेलले ९९ रन बनाएर आउट भएका थिए । ९९ रनमा खेलिरहेका कुशललाई करण केसीले आउट गरेपछि उनी शतक बनाउनबाट चुकेका थिए । त्यस्तै युवराज सामराले ८९ रन बनाएका थिए । भुर्तेल र सामराले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरेका थिए । त्यस्तै काठमाडौँका बलर करण केसीले २ तथा जहानदाद खानले एक विकेट लिएका थिए । The post काठमाडाैंलाई पोखराले दियो एनपीएल इतिहासकै सर्वाधिक रनको लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
काठमाडाैंलाई पोखराले दियो एनपीएल इतिहासकै सर्वाधिक रनको लक्ष्य

Read Complete Original Article
Published originally on कर्पोरट खबर





