काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत जिल्ला तथा प्रदेश अधिवेशनहरूको कार्यतालिका सार्वजनिक गरेको छ। समितिका सदस्य सचिव राजु कटुवालद्वारा आज जारी विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिसँगको समन्वयमा जिल्ला तथा प्रदेश अधिवेशनको मिति तय गरिएको हो। नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको चयन भई गत २०८३ असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको छ। तर त्यतीबेला अधिवेशन नभएका जिल्ला तथा प्रदेशहरूको अधिवेशनको मिति अहिले तय गरिएको निर्वाचन समितिले जनाएको छ । समितिले हिमाली र पहाडी जिल्लाहरूको जिल्ला अधिवेशन आगामी मंसिर २४ गतेदेखि २७ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। त्यसैगरी, बाँकी रहेका अन्य सबै जिल्लाहरूको अधिवेशन आगामी पुस ४ र ५ गते हुने विज्ञप्तिमा उल्लेख छ। जिल्ला अधिवेशन सम्पन्न भएलगत्तै सातवटै प्रदेशको प्रदेश अधिवेशन आगामी पुस १० गतेदेखि १८ गतेभित्र सम्पन्न गर्ने गरी मिति निर्धारण गरिएको सदस्य सचिव कटुवालले जानकारी दिए । केन्द्रीय निर्वाचन समितिले सम्बन्धित प्रदेश तथा जिल्लामा खटिएका निर्वाचन अधिकृतहरूलाई सम्बन्धित तहको सभापतिसँगको परामर्शमा निर्वाचनको विस्तृत कार्यतालिका प्रकाशित गरी तोकिएको समयसीमाभित्र अधिवेशन सम्पन्न गर्न–गराउन निर्देशनसमेत दिएको छ। The post काङ्ग्रेसले तोक्यो जिल्ला र प्रदेश अधिवेशनको मिति appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
काङ्ग्रेसले तोक्यो जिल्ला र प्रदेश अधिवेशनको मिति

Read Complete Original Article
Published originally on कर्पोरट खबर






