Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार पुनः बस्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार पुनः बस्ने
Photo / Coverage: हिमालय टाइम्स

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गर्नुभएको थियो । महामन्त्री पौडेलले प्रस्तुत गर्नुभएको कार्यसूचीमा सङ्गठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायतका विषय समेटिएका छन् । कार्यवाहक मुख्यसचिव दुलालका अनुसार सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने विषयमा छलफल हुनेछ । त्यस्तै, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण र विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची छ । यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यक्रमसमेत तय गरिएको छ । बैठकमा विविध विषयमा समेत छलफल हुने जनाइएको छ । यसअघि मंगलबार दिउँसो बसेको बैठकको सुरुआतमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गर्नुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१० बजे १० समाचार : बालेन टिमको नियतमाथि प्रश्न, सरकारलाई गगनको चुनौती
Latest NewsJust now

१० बजे १० समाचार : बालेन टिमको नियतमाथि प्रश्न, सरकारलाई गगनको चुनौती

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको ८ गते मंगलबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– गगनका... ...

रातोपाटी
न्यायाधीशबीचको मतभेदले संवैधानिक इजलास बन्धक, २४६ मुद्दा प्रभावित
Latest NewsJust now

न्यायाधीशबीचको मतभेदले संवैधानिक इजलास बन्धक, २४६ मुद्दा प्रभावित

गठन प्रक्रियाका विषयमा न्यायाधीशहरूबीच मतभेद हुँदा डेढ महिनादेखि संवैधानिक इजलास गठन हुन सकेन, जबकि इजलासमा आठ वर्षसम्मका पुराना रिट विचाराधीन छन्, पहिलो सुनुवाइ नै हुन नसकेका मुद्दा मात्रै ३० वटा छन् । ...

कान्तिपुर
यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु
Latest NewsJust now

यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

• संयुक्त अरब इमिरेट्सको रस अल खैमाह इमिरेटमा यात्रुवाहक बस र ट्रकको ठोक्किँदा ११ जनाको मृत्यु भएको छ। • दुर्घटनापछि उद्धार कार्यका लागि आपत्कालीन टोली घटनास्थलमा परिचालन गरिएको छ र अनुसन्धान भइरहेको छ। • यसअघि फुजैराह इमिरेटमा भएको अर्को दुर्घटनामा १४ जनाको मृत्यु र ३० जना घाइते भएका थिए, जसले सडक सुरक्षाबारे चिन्ता बढाएको छ। ...

नेपालबहस
विराट एक्स्पोको तयारी तीव्र, लगानीदेखि रोजगारीसम्मका अवसर जोड्ने लक्ष्य
Latest NewsJust now

विराट एक्स्पोको तयारी तीव्र, लगानीदेखि रोजगारीसम्मका अवसर जोड्ने लक्ष्य

पुस २ देखि ११ सम्म विराटनगरमा आयोजना हुने नवौं संस्करणको एक्स्पोमा वस्तु तथा सेवाको प्रदर्शनी र बिक्रीसँगै लगानी, प्रविधि, सीप, रोजगारी र उद्यमशीलताका अवसरलाई एउटै मञ्चमा जोड्ने तयारी गरिएको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement