Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारीअनुसार पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेको जानकारी गराए । महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने भएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी गराए । बैठकको कार्यसूचीमा सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय समेटिएका छन् । त्यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ । बैठकमा विविध विषयमा समेत छलफल हुने जनाइएको छ । आज दिउँसो बसेको बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एमाले महासचिव भन्छन्- स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ
OthersJust now

एमाले महासचिव भन्छन्- स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ

स्थानीय तहको कार्यकाल आगामी वर्ष जेठ ५ गते समाप्त हुने भएकाले वैशाखभित्रै निर्वाचन गरिसक्नुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए । ...

अनलाइन खबर
एक्सट्रिम इनर्जी ड्रिंकका पाँच नयाँ स्वाद सार्वजनिक, ‘स्क्यानमा सुन’ अभियान घोषणा
OthersJust now

एक्सट्रिम इनर्जी ड्रिंकका पाँच नयाँ स्वाद सार्वजनिक, ‘स्क्यानमा सुन’ अभियान घोषणा

एक्सट्रिम इनर्जी ड्रिंकले पाँच नयाँ स्वादका पेय पदार्थ सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत नयाँ स्वाद सार्वजनिक गर्नुका साथै उपभोक्तालाई लक्षित गर्दै ‘स्क्यानमा सुन’ अभियान पनि घोषणा गरेको हो । कम्पनीकी बिजनेस हेड सोनिया राणालगायतले नयाँ पाँच स्वादको औपचारिक रूपमा सार्वजनिक गरेका हुन् । नयाँ स्वाद सार्वजनिकसँगै कम्पनीले आफ्नो उत्पादन विविधीकरण र बजार विस्तारलाई समेत प्राथमिकता दिएको जनाएको ...

पर्दाफास
एनपीएलको चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ फर्म्याटमा खेलाउन मन्त्री पोखरेलको चासो
OthersJust now

एनपीएलको चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ फर्म्याटमा खेलाउन मन्त्री पोखरेलको चासो

८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका आफ्नै घरेलु मैदान निर्माण गरी प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले क्लब सञ्चालक तथा प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु मैदान निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा… ...

अनलाइन खबर
पाकिस्तान ‘ए’सँग नेपालको लज्जास्पद हार
OthersJust now

पाकिस्तान ‘ए’सँग नेपालको लज्जास्पद हार

एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ मा नेपाल पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको समूह ‘बी’को खेलमा पाकिस्तान ‘ए’ले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो । नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए । उनले ५० बलमा चार चौका र दुई छक्का प्रहार ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement