१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ। पछिल्लो समसामयिक घटनाका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। 'समसामयिक विषयमा छलफल गर्न बैठक बस्दैछ। बैठक केहीबेरमा बस्दैछ।' बैठकमा सभापति, वरिष्ठ उपसभापति, उप सभापतिहरू, महामन्त्रीहरू र प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुने बताइएको छ।
कांग्रेसले डाक्यो शीर्ष नेताहरूको बैठक

Read Complete Original Article
Published originally on अनलाइन खबर






