काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले २६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। देउवा पक्षले आगामी मंसिर २१–२३ मा गर्न लागेको १५औं महाधिवेशन अन्तगर्तत २६ जिल्लाको अधिवेशन सम्पन्न भएको जनाएको छ। जसमा संखुवासभामा रामकुमार जिमी, डोल्पामा देउप्रसाद बुढा, हुम्लामा सूर्यबहादुर शाही, जुम्लामा नेत्रकला शाही, मुगुमा तिलक मल्ल, रूकुम पश्चिममा नन्दबहादुर विष्ट, दाङमा गोपालराज शर्मा र कालिकोटमा नगेन्द्र विष्ट सभापति भएका छन्। यस्तै डोटीमा बाजीसिंह खड्का, बझाङमा हर्कजंग बहादुर सिंह, बैतडीमा वीरबहादुर विष्ट, रोल्पामा मानबहादुर खत्री, भोजपुरमा धर्मराज राई, दैलेखमा दिनेशकुमार हमाल, दार्चुलामा सुरेन्द्र अवस्थी र सल्यानमा दीपक चन्द सभापति भएका छन्। त्यसैगरी, धनुषामा कोमलकान्त झा, चितवनमा मिलनबाबु श्रेष्ठ, प्यूठानमा देवेन्द्र बर्मा, कपिलवस्तुमा राजेश सिंह, पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण), म्याग्दीमा हिराबहादुर पुन, बारामा राजेश राय यादव, झापामा कृष्ण हुमागाईं, कास्कीमा ऋषिराम काफ्ले र सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेत सभापति बनेका छन्। कांग्रेस नेता डा. काशशरण महतले ६१८ स्थानीय तह, २२८ प्रदेश सभा निर्वाचन क्षेत्र र ११४ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको बताए। उनका अनुसार कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका चार–चार जिल्ला अधिवेशन हुँदा गण्डकीका तीन जिल्लामा अधिवेशन सकिएको छ। बागमती र मधेश प्रदेशका भने दुई–दुई वटा जिल्लामा अधिवेशन सम्पन्न भएका छन्। प्रदेशगत विवरण अनुसार हालसम्म सबैभन्दा बढी कर्णाली प्रदेशका सात वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ। त्यस्तै, पालिका अधिवेशनतर्फ कोसी प्रदेशका १२३, मधेशका ७१, बागमतीका ९९, गण्डकीका ७२, लुम्बिनीका ९७, कर्णालीका ६८ र सुदूरपश्चिमका ८८ स्थानीय तहको अधिवेशन सम्पन्न भएको विवरणमा उल्लेख छ। प्रदेशसभा निर्वाचन क्षेत्रतर्फ कोसीका ३८, मधेसका ४६, बागमती ४६, कर्णालीका १६, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ३२–३२ क्षेत्रमा अधिवेशन सकिएको छ। यसैगरी, प्रतिनिधि सभा निर्वाचन क्षेत्रतर्फ कोसीका १९, बागमतीका २३, कर्णालीका आठ, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका १६–१६ क्षेत्रको अधिवेशन सम्पन्न भएको छ। असोज १५ मा सुरु भएको देउवा पक्षको अधिवेशनको कार्यतालिकामा कात्तिक १५ सम्म जिल्ला अधिवेशन सक्ने भनिएको थियो। तर कात्तिक १७ गतेसम्म आइपुग्दा २६ जिल्लामा मात्र अधिवेशन भएको छ भने थप चार जिल्ला अधिवेशन जारी छ।
कांग्रेसमा समानन्तर अधिवेशन : देउवा पक्षको २६ जिल्लामा नेतृत्व चयन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






