Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कांग्रेसको नाम, झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : महत

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसको नाम, झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : महत
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षका नेता डा. प्रकाशशरण महतले पार्टीको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा १५औँ केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक महतले महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक हुने जिकिर गर्दै पार्टीको नाम, झण्डा र चुनाव चिह्न प्रयोग गर्ने अधिकार आफूहरूसँग रहेको बताएका हुन् । विगतमा न्याय निरूपणका क्रममा त्रुटि भएकाले पुनरावलोकन प्रक्रियाबाट आफूहरूले न्याय पाउने उनको विश्वास छ । यद्यपि, सर्वोच्च अदालतको अन्तिम निर्णय नआएसम्म कुनै पक्षले आफ्नो पक्षमा फैसला भएको दाबी गर्नुको औचित्य नरहेको उनले स्पष्ट पारे । महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको बताउँदै महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने चाहना रहेको पनि उल्लेख गरे । पार्टीभित्र सहमति र एकताको वातावरण बनाएर सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उनको भनाइ छ । देउवा पक्षले आगामी मंसिर २१ देखि २४ गतेसम्म काठमाडौँको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरेर तयारी अघि बढाइएको महतले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने
Latest NewsJust now

घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक... ...

रातोपाटी
संसदलाई पूर्ण डिजिटल बनाउने अभियानमा छौँ : सभामुख अर्याल
Latest NewsJust now

संसदलाई पूर्ण डिजिटल बनाउने अभियानमा छौँ : सभामुख अर्याल

इमान सिं रानारामपुर (पाल्पा), मङ्सिर १३ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीय संसदलाई पूर्ण डिजिटल र प्रविधिमैत्री बनाउने अभियान अघि बढाइएको बताउनुभएको छ । संसद्का ग... ...

गोरखापत्र
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं: प्रचण्ड
Latest NewsJust now

आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलन र जनताबीच सम्बन्ध स्थापित गर्ने सेतुका रूपमा राष्ट्रिय जागरण अभियान अघि बढाइएको बताएका छन् । उपत्यका प्रदेश समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी र जनताबीचको सम्बन्ध सुदृढ गर्दै संगठन पुनर्निर्माण गर्ने उद्देश्यले दुईमहिने अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार अभियानमार्फत पार्टी सदस्यता नवीकरण, संगठनात्मक समायोजन, आगामी स्थानीय निर्वाचनको तयारी र ...

कर्पोरट खबर
कर्पोरेट खबर ब्रिफिङ: यी हुन् आजका प्रमुख समाचार
Latest NewsJust now

कर्पोरेट खबर ब्रिफिङ: यी हुन् आजका प्रमुख समाचार

१–पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग नगर्न देउवा समूहलाई कांग्रेसको चेतावनी,कांग्रेस देउवा समूहको १५औँ महाधिवेशनको तयारी तीव्र २–कर्णाली प्रदेशले भोट नदिए पनि विकासमा रास्वपाको प्राथमिकता रहने रास्वपाका सभापति रवि लामिछानेको उद्घोष,रास्वपाका कार्यकर्तालाई जनताले ‘झोले’ नभनुन भनेर फाइल र डायरी दिइने ३–मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा संकलन,‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट उपेन्द्र पौड्याल सम्मानित४सुकुम्बासी होल्डिङ सेन्टरभित्र सहयोगस्वरूप ल्याइएको खाना भित्र प्रवेश गर्न ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement