काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको जानकारी दिएको छ । आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । The post कस्तो होला आज दिनभरको मौसम ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
कस्तो होला आज दिनभरको मौसम ?

Read Complete Original Article
Published originally on कर्पोरट खबर






