Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

कविता : झूटको तह

Share:WhatsAppFacebookX (Twitter)Telegram
कविता : झूटको तह
Photo / Coverage: हिमालय टाइम्स

झूटले पनि पायो अब आफ्नो हैसियत,तह हेरेर तय हुन्छ सत्यको कैफियत ।गरिबले बोल्यो भने चोरीको नाम,धनीले बोल्यो भने चातुर्यको काम ।। सानोले ढाँट्यो भने धोका ठहरिन्छ,ठूलोले ढाँट्यो भने कूटनीति बन्छ ।कर्पोरेट कोठामा रिपोर्ट रंगिन्छ,सरकारी फाइलमा सत्य हराउँछ । अदालतमा शब्दका खेल चल्छन्,कसको झूट कानुन, कसको अपराध ?तहले नै फैसला सुनाउँछ अन्तमा,तथ्यको कहाँ हुन्छ र कुनै साध ? नेताको झूट संविधानको धारा बन्छ,हामी सुन्छौँ र ताली बजाउँछौँ ।झूट पनि बाँडिएको छ तह–तहमा,हामी सबै त्यही तालमा नाच्छौँ । लक्ष्मणरेखाभित्र सीता थुनिएकी छन्,रेखाबाहिर रावण स्वतन्त्र छन् ।सत्य राम हो कि लक्ष्मण, को जानोस्,ऊ त वनवासमै बाँचिरहेको छ । साँचो बोल्नु आज अशिक्षाको पहिचान,झूटले पाउँछ पद, प्रतिष्ठा र मान ।समाजले तह बनायो झूट बाँडेर,साँचो बाँच्ने हरेक तहमा हार्छ, हारेर । बौद्ध, काठमाडौं

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा
Latest NewsJust now

२४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा

• ट्राफिक प्रहरीले २४ घण्टामा ५५७ चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ चालक र अन्य विभिन्न उल्लंघनमा ५०३ चालकलाई कारबाही गरिएको छ। • कारबाहीमा तीव्रगति, हर्न निषेध, र अन्य नियम उल्लंघन गर्ने चालक समावेश छन्। ...

नेपालबहस
३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको कति कारोबार (सूचीसहित)
Latest NewsJust now

३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको कति कारोबार (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा र २ पुनर्बीमा कम्पनीको... ...

रातोपाटी
हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति
Latest NewsJust now

हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न स्वीकृति दिएको हो। प्राधिकरणका अनुसार मङ्सिर १ देखि आगामी साउन १५ गतेसम्म यो सुविधा उपलब्ध हुनेछ। यसअन्तर्गत दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न पाइनेछ। ...

नेपालन्युज
‘देहमा अवरित बोधी’ को प्रदर्शनी
Latest NewsJust now

‘देहमा अवरित बोधी’ को प्रदर्शनी

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २ गते । कलाकार समुन्द्रमानसिंह श्रेष्ठको एकल चित्रकला प्रदर्शनी ‘देहमा अवरित बोधी’ शीर्षकको चित्रकला प्रदर्शनी भइरहेको छ । परम्परागत कलाको संरक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play