आमा,ममताको पर्याय हजुर,हजुरकै मायामा अटाएको संसार,र संसारको सबैभन्दा न्यानो आश्रयहजुरको काख रहेछ। आज हजुर उनासी वर्ष पुग्नुभयो।समयले हजुरको निधारमाअसंख्य ऋतुका रेखाहरू कोर्दै गर्दाम भने समुद्रपारिएउटा अधुरो स्पर्श बोकेर उभिएको छु। आज हजुरको जन्मदिन,घरको आँगनमा खुसीको घाम झरेको होला,हजुरको अनुहारमाअनुभवले बुनिएको उज्यालो फुलेको होला।तर मेरो भागमा परेको छहजारौँ माइलको दूरी,एउटा निःशब्द आकाशर हजुरको काख सम्झेर भिज्ने आँखा। आमा,आज हजुरको काखमामेरो थकान बिसाउन पाएको भए,ममतामयी हातले मेरो शिर सुम्सुम्याउनुभएको भए,प्रेमिल नयनले मेरो अनुहार नियाल्नुभएको भए,म सायद संसारका सबै दुःखहरूएकै क्षण बिर्सिने थिएँ। हजुरको बोलीमेरो बाल्यकालको पहिलो सङ्गीत,हजुरको स्पर्शमेरो अस्तित्वको पहिलो परिचय,हजुरको आशीर्वादजीवनको कठिन यात्रामाबलिरहने अदृश्य दीप। आज पनि हजुरको आवाज सम्झँदापरदेशका निर्जन साँझहरूमामनभित्र एउटा पुरानो घर खुल्छजहाँ चुल्होको न्यानो छ,जहाँ मायाको भाषा अनुवाद गर्नुपर्दैन,जहाँ उमेरले जति ठूलो भए पनिहजुरको काखमाएउटा सानो बालक भएर निदाउन सक्छु। आमा,समय र परिस्थितिलेहामीलाई फरक भूगोलमा उभ्याएको छ।जीवनका आवश्यकता बोकेर हिँडेका पाइलाहरूलेघरदेखि टाढाको बाटो रोजेका छन्;तर दूरीले शरीरलाई छुट्याए पनिममताको धागो कहाँ चुँडाउन सक्छ र? हजुर हाम्रो मुटुमा हुनुहुन्छ,हरेक धड्कनसँगै हुनुहुन्छ,हाम्रो निधारमा लेखिएकोआशीर्वादको अदृश्य अक्षर हुनुहुन्छ। आज म टाढा छु, आमा,तर मेरो श्रद्धा हजुरकै चरणमा छ,मेरो शिर हजुरको आशीर्वादअगाडि नतमस्तक छ।हजारौँ माइल पार गरेरमेरो प्रणाम हजुरसम्म आइपुगोस्,मेरो मनले हरेक दिनहजुरलाई साष्टाङ्ग दण्डवत् गरिरहोस्। म समयसँग एउटै याचना गर्छुहजुरको आयु उज्याला वर्षहरूले भरियोस्,दिनहरू आरोग्य, सुख र शान्तिले सजिऊन्,ओठको मुस्कान कहिल्यै नओइलाओस्,र हजुरको ममतामयी छायामाहामी सधैँ रहन पाऊँ। हजुरका ममतामयी हातहरूलेफेरि मेरो शिर स्पर्श गर्न पाऊन्,हजुरका आँखालेमेरो अनुहार नजिकबाट नियाल्न पाऊन्,हजुरको काखमाम फेरि एकपटक बाल्यकाल खोज्न पाऊँ,हजुरको मीठो बोली सुन्दैजीवनका थकानहरू बिर्सन पाऊँ। आमा,आज हजुर उनासी वर्ष पुग्नुभयो,तर मेरो निम्ति हजुरउमेरले होइन, मायाले अनन्त हुनुहुन्छ।हजुरको जीवन एउटा विशाल वृक्ष हो,जसको जरामा हाम्रो अस्तित्व छ,जसको छहारीमापुस्तौँले शीतलता र जीवन पाएका छन्। जन्मदिनको शुभकामना, मेरी प्यारी आमा! हजुरलाई सुस्वास्थ्य, दीर्घायु, सुख, शान्तिर अनन्त खुसीकोहृदयको गहिराइदेखि कामना गर्दछु। परदेशको यो दूरीकुनै दिन आफ्नै पाइलाले मेट्न पाऊँ,हजुरको चरणमा बसेरफेरि उही पुरानो आत्मीयता अनुभूत गर्न पाऊँ। किनकि,म जहाँ भए पनि,जुन आकाशमुनि बाँचे पनि,मेरो संसारको केन्द्रहजुर नै हुनुहुन्छ, आमा। हजुर हाम्रो निधारको आशीर्वाद,मुटुको धड्कन,जीवनको सबैभन्दा पवित्र सम्बोधनआमा। -शंकर भण्डारीअमेरिकानोभेम्बर २२, २०२६
कविता : आमा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






