काठमाडौं । ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’ निलम कार्की निहारीकाको राजमाता कृतिलाई प्रदान गरिएको छ । कविडाँडा साहित्य समाज, चितवनले शनिबार चितवनमा एक कार्यक्रमको अयोजना गर्दै राजमाता कृतिलाई कवीडाँडा राष्ट्रिय आख्यान पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा स्रष्टा निहारीकालाई दुबोको माला, दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरिएको थियो । पुरस्कारको राशी २ लाख १ सय ६० रूपैयाँको रहेको छ । निहारीकाका प्रमुख उपन्यासहरूमा ‘मौन जीवन’, ‘नियतिको खेल’, ‘अर्की आइमाई’, ‘चीरहरण’, ‘योगमाया’ र ‘द्रौपदी अवशेष’ लगाएत रहेका छन् । नेपाली साहित्यको प्रगति र उत्थानमा सहयोग गर्ने उद्देश्यले स्थापित यस संस्थाले वि.सं. २०७५ सालदेखि निरन्तर रूपमा उत्कृष्ट आख्यानलाई यो पुरस्कार प्रदान गर्दै आएको कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्रीले बताए । कविडाँडा साहित्य समाजले स्थापना गरेको उक्त पुरस्कार चितवनवाट प्रदान गरिने सर्वाधिक राशीको पुरस्कार हो ।
‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’ निहारीकाको राजमाता कृतिलाई

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






