Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित
Photo / Coverage: नेपालन्युज

काठमाडौँ । कल्पतरु प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमका साथ मनाएको छ। गोकर्णेश्वर नगरपालिका–६ स्थित भैरव अर्याल स्मृति भवनको सभाहलमा आयोजित समारोहमा विभिन्न विधाका साहित्यकार तथा सर्जकलाई पुरस्कार र सम्मान प्रदान गरिएको हो। समारोहका प्रमुख अतिथि प्रा. डा. जयराज आचार्य र विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले प्रा. डा. महादेव अवस्थीलाई ‘कल्पतरु–महाकवि देवकोटा प्रज्ञा पुरस्कार’ प्रदान गरे। यस्तै, वरिष्ठ साहित्यकार बाजुराम पौडेललाई ‘कल्पतरु सर्वोत्कृष्ट पुरस्कार’ प्रदान गरिएको छ। यसैगरी, खेमराज पोखरेललाई अन्तर्राष्ट्रिय साहित्य सम्मान र सीता पाण्डेलाई नारी साहित्य सम्मान प्रदान गरिएको छ। कल्पतरु द्वैमासिकमा वर्षभरि प्रकाशित अङ्कमध्ये उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने सर्जक तथा साहित्यकारहरू हरिभक्त सिग्देल, दिलिप अर्याल, विसु कुमार केसी र शारदा देवकोटालाई पनि सम्मान गरिएको छ। पत्रिकामा वर्षभरि प्रकाशित सामग्रीको समीक्षा गरी सिर्जनाको मूल्याङ्कनमा योगदान पुर्‍याउने समीक्षकहरू शशी आचार्य, कालिकाप्रसाद तिमिल्सिना, मेनका आचार्य र बुद्धिराज पाण्डे पनि सम्मानित भएका छन्। कार्यक्रममा प्रा. डा. जयराज आचार्य, प्रा. डा. महादेव अवस्थी, नगरप्रमुख दीपककुमार रिसाल र गोविन्द घिमिरे ‘वेदमणि’ले महाकवि देवकोटाप्रति श्रद्धासुमन अर्पण गर्दै मन्तव्य व्यक्त गरेका थिए। पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूको परिचयात्मक मन्तव्य प्रतिष्ठानकी उपाध्यक्ष डा. विदला घिमिरेले प्रस्तुत गरेकी थिइन्। यसैगरी, कल्पतरु द्वैमासिकको २५औँ वर्ष प्रवेशका सन्दर्भमा पत्रिकाका संस्थापक कार्यकारी सम्पादक गोकुल अधिकारीले मन्तव्य राखेका थिए। साहित्यकार देविका तिमिल्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सुमन पुडासैनीले धन्यवाद ज्ञापन गरेका थिए। प्रतिष्ठानका अध्यक्ष नवराज पुडासैनी ‘ज्योत्सना’को सभापतित्वमा सम्पन्न समारोह अध्यक्षको मन्तव्यसहित समापन भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मी पूजाको रात झिलिमिली काठमाण्डु
Latest NewsJust now

लक्ष्मी पूजाको रात झिलिमिली काठमाण्डु

काठमाण्डु – हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आईतबार लक्ष्मी पूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ। लक्ष्मी पूजाको अवसरमा काठमाण्डु उपत्यका झिलिमिली बनेको छ। धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले सजावट गरिएपछि उपत्यकाका […] ...

काठमाण्डुपाटी
कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, भोटेकोसी बाढीलाई उदाहरण बनाएर क्षतिपूर्ति माग
Latest NewsJust now

कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, भोटेकोसी बाढीलाई उदाहरण बनाएर क्षतिपूर्ति माग

नेपालले ठूलो मात्रामा जलवायु वित्तको परिचालन हुनुपर्ने, जलवायु जन्य नोक्सानीमा नेपालले क्षतिपूर्ति पाउनुपर्ने, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्नुपर्ने अडान सहित कोप–३१ मा पेस गर्ने ‘पोजिसन पेपर’ तयार गरेको छ।  संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मे... ...

नेपालखबर
राइफलको गोलीसहित राजधानीको कलंकीबाट एक जना पक्राउ
Latest NewsJust now

राइफलको गोलीसहित राजधानीको कलंकीबाट एक जना पक्राउ

काठमाडौँ । थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play