Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

कला र संस्कृतिले नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप प्रगाढ बनाउँछ : शेरधन राई

Share:WhatsAppFacebookX (Twitter)Telegram
कला र संस्कृतिले नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप प्रगाढ बनाउँछ : शेरधन राई
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेकपा (एमाले) का सचिव शेरधन राईले कला र संस्कृतिले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। दक्षिण कोरियाको याङसान सिटीमा आयोजना भइरहेको ‘कोरिया–नेपाल समसामयिक कला आदानप्रदान प्रदर्शनी–२०२६’ लाई सम्बोधन गर्दै राईले सांस्कृतिक आदानप्रदान दुई देशका जनतालाई जोड्ने मित्रताको पुल बन्न सक्ने बताएका हुन्। ‘सीमाभन्दा पर, सहअस्तित्वको कुरा गरौँ’ भन्ने मूल नाराका साथ दक्षिण कोरिया वातावरणीय कला संघ र कोरिया नेपाल अन्तर्राष्ट्रिय आदानप्रदान संघले आयोजना गरेको प्रदर्शनीमा नेपाल र दक्षिण कोरियाका कलाकार सहभागी छन्। सम्बोधनका क्रममा राईले कला सौन्दर्यको अभिव्यक्ति मात्र नभई मानव भावना, सामाजिक चेतना, इतिहास र भविष्यको कल्पना पनि भएको बताए। भाषा, भूगोल र संस्कृति फरक भए पनि कलाले मानिसको भावना बुझ्न र एकअर्कासँग जोडिन सहयोग गर्ने उनको भनाइ थियो। नेपाल र दक्षिण कोरिया भौगोलिक रूपमा टाढा भए पनि दुई देशबीचको सम्बन्ध मित्रता, आपसी सम्मान, सहयोग र साझा आकांक्षामा आधारित रहेको उल्लेख गर्दै उनले कला र संस्कृतिको माध्यमबाट यस सम्बन्धलाई अझ गहिरो बनाउन सकिने विश्वास व्यक्त गरे। राईले नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण देश भएको बताउँदै दक्षिण कोरियाली नागरिकलाई नेपाल भ्रमण गर्न निमन्त्रणासमेत दिए। हिमाल, पहाड र तराईको प्राकृतिक सौन्दर्य, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, ऐतिहासिक सम्पदा तथा नेपाली जनताको आत्मीयता अनुभव गर्न उनले आग्रह गरे। प्रदर्शनीको वातावरणीय पक्षबारे चर्चा गर्दै उनले जलवायु परिवर्तन, वातावरणीय प्रदूषण, जैविक विविधताको ह्रास र प्राकृतिक स्रोतको संरक्षण विश्वकै साझा चुनौती रहेको बताए। प्रकृति कुनै एक देशको मात्र सम्पत्ति नभएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ थियो। कलाकारले आफ्ना सिर्जनामार्फत वातावरण संरक्षणको सन्देश प्रभावकारी रूपमा समाजसम्म पुर्‍याउन सक्ने उनले बताए। नेपाल र दक्षिण कोरियाबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्न कलाकार, विद्यार्थी, युवा, प्राज्ञिक समुदाय तथा सांस्कृतिक संस्थाबीच नियमित सहकार्यका अवसर बढाउनुपर्नेमा पनि राईले जोड दिए। दक्षिण कोरियाली कलाकारका प्रदर्शनी नेपालमा र नेपाली कला, संस्कृति तथा परम्पराको प्रदर्शनी दक्षिण कोरियामा आयोजना गर्ने अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो। उनले दुवै देशमा रहेका राजदूतावासलाई सांस्कृतिक सहकार्य विस्तारमा महत्वपूर्ण भूमिका खेल्नसमेत आग्रह गरे। यस्ता पहलले कला र संस्कृतिको विकाससँगै पर्यटन, शिक्षा, जनस्तरको सम्बन्ध र आपसी समझदारीलाई पनि थप बलियो बनाउने राईको विश्वास छ। प्रदर्शनीमा सहभागी नेपाली तथा कोरियाली कलाकारलाई बधाई दिँदै उनले नेपाल र दक्षिण कोरियाबीचको मित्रता अझ प्रगाढ बन्ने तथा सांस्कृतिक सहकार्य नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन सकिएन, डार्ट टोली फर्कियो
Latest NewsJust now

भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन सकिएन, डार्ट टोली फर्कियो

बोमलाल गिरीनवलपुर, कात्तिक २६ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ भेडीगाउँमा आक्रमण गरी स्थानीयका तीनवटा गाई मारेको बाघ नियन्त्रणमा लिन प्राविधिक टोली असफल भएको छ ।गत कात्ति... ...

गोरखापत्र
छठको तयारी सुरु, काठमाण्डुका १७ स्थानमा मनाइने
Latest NewsJust now

छठको तयारी सुरु, काठमाण्डुका १७ स्थानमा मनाइने

काठमाण्डु – छठ पर्वका लागि काठमाण्डु उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाण्डुमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो । गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व […] ...

काठमाण्डुपाटी
विराटनगरविरुद्ध पोखराको मध्यम सुरुवात, क्रिजमा छन् सामरा
Latest NewsJust now

विराटनगरविरुद्ध पोखराको मध्यम सुरुवात, क्रिजमा छन् सामरा

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले पावरप्लेको समाप्तिमा २ विकेट गुमाएर ४६ रन बनाएको छ। विराटनगर किङ्ग्सविरुद्ध ब्याटिङमा उत्रिएको पोखराले सुरुवातमै आफ्ना दुई महत्त्वपूर्ण ब्याट्सम्यान गुमाउन पुग्यो। ओपनर अर्जुन कुमाल १ रन बनाएर एन्जेलो म्याथ्युजको बलमा आउट भए भने कुशल भुर्तेल खाता नै नखोली चरिथ असालंकाको बलमा एलबीडब्ल्यू आउट भए। सुरुवाती दबाबका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play