Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर प्रणालीलाई राजस्व संकलनमा मात्र सीमित नराखी लगानी, प्रवर्द्धन उत्पादन वृद्धि र रोजगारी सिर्जनाको प्रभावकारी माध्यम बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आयोजित कार्यक्रममा उनले कर प्रणालीको सफलता राजस्व संकलनको परिमाणले मात्र नभई करदाताले अनुभूति गर्ने सहजता, पारदर्शिता र राज्यप्रतिको विश्वासले निर्धारण गर्ने बताए । निजी क्षेत्र बलियो नभई सरकारको राजस्व आधार दिगो हुन नसक्ने उल्लेख गर्दै उनले उद्योग, व्यापार, लगानी र रोजगारी विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । कोभिड–१९ पछिको आर्थिक मन्दी र सुस्तताका कारण निजी क्षेत्रले बजार मागमा कमी, उद्योगको न्यून क्षमता उपयोग, उच्च उत्पादन लागत, नीतिगत अस्थिरता र प्रशासनिक जटिलताजस्ता चुनौती सामना गरिरहेको उनले बताए । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि निजी क्षेत्रको कर्जा माग न्यून रहेको उल्लेख गर्दै उनले कर नीति लगानीमैत्री, उत्पादनमैत्री र रोजगारीमैत्री हुनुपर्ने धारणा राखे । अध्यक्ष अग्रवालले मूल्य अभिवृद्धि कर (भ्याट) लाई बहुदरमा लागू गर्न, दुई करोड रुपैयाँसम्म कारोबार गर्ने साना उद्यमी तथा स्टार्टअपलाई कारोबारको ५५ प्रतिशतमा टर्नओभर ट्याक्स लगाउने व्यवस्था गर्न र उनीहरूलाई झन्झटिलो लेखा तथा अडिट प्रक्रियाबाट सहजीकरण गर्नुपर्ने बताए । नेपालमै उत्पादन हुने वस्तुमा सकारात्मक सूचीबाहेक अन्त:शुल्क हटाउन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार हार्मोनाइज्ड सिस्टम कोड लागू गर्न पनि उनले आग्रह गरे । त्यसैगरी, भन्सारको अधिकतम दर २५ प्रतिशत र भ्याट १० प्रतिशतभन्दा बढी नहुने व्यवस्था गर्न, वैधानिक रूपमा आर्जित सम्पत्तिको अभिलेखीकरणमार्फत लगानी प्रोत्साहन गर्न तथा २५ वर्ष पुरानो आयकर ऐन, २०५८ लाई समयसापेक्ष पुनर्लेखन गर्नुपर्ने उनको भनाइ थियो । आयकर ऐनका दफा ५७ लगायत कारोबार तथा ट्रान्सफर प्राइसिङसम्बन्धी प्रावधानलाई पनि करदातामैत्री र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउनुपर्ने उनले बताए । आर्थिक गतिविधि विस्तारका लागि आगामी पाँच वर्षलाई राष्ट्रिय उत्पादन र रोजगारी अभियानका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै अग्रवालले सार्वजनिक बिदा पुनरावलोकन गरी ‘कम बिदा, बढी काम, बढी उत्पादन र बढी रोजगारी’ को नीति अवलम्बन गर्न सुझाव दिए । सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्था स्वागतयोग्य भए पनि त्यसको प्रभाव अन्य उद्योगको श्रम लागत र उत्पादनमा पर्न सक्ने भन्दै उनले कार्यान्वयनअघि सरकार, श्रमिक र उद्योगीबीच छलफल तथा आर्थिक प्रभाव अध्ययन गर्नुपर्ने बताए । उनले बलियो निजी क्षेत्रबिना दिगो राजस्व सम्भव नहुने भन्दै सरकार र निजी क्षेत्रबीच प्रतिस्पर्धाभन्दा सहकार्य, अविश्वासभन्दा विश्वास र नियन्त्रणभन्दा सहजीकरणमुखी दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए । The post कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दबाबमा सुदूरपश्चिम, चौथो ओभरमै गुमायो ३ विकेट
Latest NewsJust now

दबाबमा सुदूरपश्चिम, चौथो ओभरमै गुमायो ३ विकेट

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको क्वालिफायरमा खेलमा लुम्बिनी लाइन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको सुदूरले पहिलो विकेटका रूपमा जर्ज मुन्सेलाई पहिलो बलमै... ...

रातोपाटी
माइक्रोबस दुर्घटना : १४ घाइते, चारको अवस्था गम्भीर
Latest NewsJust now

माइक्रोबस दुर्घटना : १४ घाइते, चारको अवस्था गम्भीर

बाबुराम देवकोटासिन्धुली, मंसिर १ गते। सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। जनकपुरबाट काठमाडौंका लागि छुटेको... ...

गोरखापत्र
सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन
Latest NewsJust now

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन्।  माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका ढकाल नेपालको प्रतिष्ठित व्यावसायिक घराना आइएमई समूहका अध्यक्ष हुन्। उनी चन्द्रागिरि हिल्सलगायत ने... ...

नेपालखबर
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम हितविपरित कार्यको विरोधमा महासंघले गर्याे आन्दोलनको घोषणा
Latest NewsJust now

प्रेस स्वतन्त्रता र पत्रकारको श्रम हितविपरित कार्यको विरोधमा महासंघले गर्याे आन्दोलनको घोषणा

• नेपाल पत्रकार महासंघले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। • पत्रकारमाथि गरिएको धरपकड, श्रम अधिकार उल्लंघन र अनधिकृत कारबाहीको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनको तयारी गरिएको हो। • महासंघले मंसिर २ देखि ९ गतेसम्म विभिन्न कार्यक्रम र ध्यानाकर्षणपत्र बुझाउने योजना बनाएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play